राष्ट्रियसभा निर्वाचनमा संक्रमित सांसदले भोट हाल्न पाउने व्यवस्था

काठमाडौं, माघ ५ । कोरोना संक्रमित मतदाताले पनि राष्ट्रियसभा निर्वाचनमा भोट हाल्न पाउने भएका छन् । निर्वाचन आयोगले १९ बुँदे मापदण्ड स्वीकृत गर्दै कोरोना संक्रमितले पनि भोट हाल्न पाउने गरी व्यवस्था गरेको हो । कोरोना संक्रमित भएपनि एकबाट अर्को व्यक्तिलाई नसर्ने गरी भोट हाल्न पाउने व्यवस्था मिलाउने निर्णय भएको आयोगले जनाएको छ । १९ बुँदे […]

सम्बन्धित सामग्री

यी सांसदले एमसिसीको विपक्षमा मतदान गर्ने

काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसहित सत्तारुढ दलका केही सांसदहरूले एमसिसीमाथिको मतदान वहिस्कार गर्ने भएका छन्।नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीका केही सांसदले एमसिसीको विपक्षमा मतदान गर्ने जनाएका हुन्। माओवादीका सांसद गिरिराजमणि पोखरेल र अञ्जना बिशंखेले एमसिसीको विपक्षमा भोट हाल्ने बताए।सत्तारुढ गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित एमसिसी पास गर्ने निर्णय गरेको छ भने मन्त्रिपरिषद् बैठकले एमसिसीको व्याख्यात्मक प्रस्ताव पारित गरेको छ।सैद्धान्तिक छलफलमा भाग लिएर सांसदह

एमाले संस्थापन पक्षका केही सांसदले देउवालाई विश्वासको मत दिए

काठमाडाैं : नेकपा एमालेका केपी ओली पक्षका संस्थान समूहले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन्। ओली सरकारमा वनमन्त्री भएका प्रेम बहादुर आलेलगायत केही सांसदले देउवाको पक्षमा मत दिएका हुन्। त्यसैगरी सांसद किसान श्रेष्ठ, गोपाल बमलगायतले पनि देउवालाई भोट हालेका एमालेका एक सांसदले थाहाखबरलाई जानकारी दिए। एमालेका २४ जना सांसद देउवाको पक्षमा उभिएका छन्। यस्तै देउवाका पक्षमा १६३ मत आएको नेपाली कांग्रेस सांसद गगन थापाले दाबी गरेका छन्। मतगणनाको नतिजा आउनुअघि

बैठकमा नआएका ओली देउवाको विपक्षमा भोट हाल्न आए

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवाको विपक्षमा भोट हाल्न प्रतिनिधिसभा छिरेका छन्।बैठक अवधिभर सभा बाहिर बसेका ओली मतदान गर्ने बेलमा सभाहलमा प्रवेश गरेका हुन्। सभा हलमा प्रवेश गरेर ओलीले प्रधानमन्त्री देउवासँग हात मिलाएका थिए। ओली पक्षका सांसदले प्रधानमन्त्री देउवाको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ। अहिले मतदान जारी छ। देउवाले प्रमुख प्रतिपक्षी दल एमालेका नेता ओलीको संसदमा अनुपस्थित भएको भन्दै गुनासो गरेका थिए

माधव नेपाल पक्षका यी सांसदले देउवालाई भोट नहाल्ने

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सन्दर्भमा एमाले माधव नेपाल पक्षका केही सांसदहरू तटस्थ बस्ने भएका छन् । एमाले माधव पक्षका सांसदहरू घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराई लगायतका नेताहरू तटस्थ बस्न लागेका हुन् ।उनीहरूले पार्टी एकतालाई जोगाउन विश्वासको मतको पक्ष र विपक्षमा कतै नउभिने निर्णयमा पुगेको बुझिएको छ । यसअघि माधव नेपाल पक्षीय नेताहरूको बैठकमा भीम रावलले देउवाको विपक्षमा मतदान गर्न प्रस्ताव राखेका थिए । तर, अर्का नेता घनश्याम भुसालले त्यस

माधव नेपाल पक्षका १० सांसद बिहानैदेखि होटलमा, देउवालाई विश्वासको मत दिने

नेकपा एमालेको माधव नेपाल पक्षका कम्तिमा १० जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएका छन् ।  नेपाल पक्षका १० सांसदले आइतवार काठमाडौंको एक होटलमा भेला भएर देउवाको पक्षमा भोट दिने निर्णय गरेका हुन् । उनीहरूलाई अहिले पनि होटलमा नै राखिएको छ । सांसदहरू विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री लगायत १० जना सांसदले देउवाको पक्षमा विश्वासको मत दिने तयारी गरेका छन् । ‘हामी आफैँले हस्ताक्षर गरेर बनेको हुनाले कम्तिमा पनि १० जना सांसदले प्रधानमन्त्रीलाई विश्वासको मत दिने...

इजलासमा राष्ट्रपतिमाथि प्रश्नैप्रश्न

सांसदले हस्ताक्षर गरेर दिएपछि त्यसको परीक्षण गर्ने जिम्मेवारी र अधिकार संसद्को हो, तर जसपाको यो सांसदले, एमालेको त्यो सांसदले भोट हाल्न मिल्दैन भन्ने ‘हु आर यु ?’, को हो तपाईं...

लुम्बिनी प्रदेश : जसपाका चार सांसदले राष्ट्रियसभा उपनिर्वाचनमा भोट हाल्न नपाउने

लुम्बिनी प्रदेशस्थित जनता समाजवादी पार्टीका चार जना प्रदेश सांसदले राष्ट्रियसभाको उपनिर्वाचनमा मतदान गर्न नपाउने भएका छन्

उपनिर्वाचन अपडेट : १२ जनाले भोट हाल्न बाँकी

राष्ट्रियसभाको उपनिर्वाचनमा दिउँसो २ बजेसम्म १२ जनाले मात्रै भोट हाल्न बाँकी छ । भोट दिन बाँकी रहेकामा प्रदेशसभाका ६ जना र स्थानीय जनप्रतिनिधितर्फ ६ जना छन् । मतदान गर्ने समय दिउँसो तीन बजेसम्म तोकिएको छ ।राप्रपा सांसद रिता माझी र रीना गुरुङ मतदानस्थलमा पुगिसकेका छैनन् । एमाले सांसद बेलिमाया घले पनि मतदानस्थलमा पुगेकी छैनन् । उनीहरु काठमाडौंबाट हेलिकोप्टरमा आउने भनिए पनि गाडीबाटै आइरहेको स्रोतले बतायो ।विवेकशील साझा पार्टीका तीनजना सांसदले यसअघि नै मतदान नगर्ने घोषणा गरिसकेका छन् ।स्थानीय तहतर्फ

यी हुन् ओलीलाई भोट नदिने एमाले सांसद (नामावलीसहित)

प्रधानमन्त्री केपी ओलीले सोमबार विश्वासको मत लिँदा २७ सांसद अनुपस्थित रहेका छन् । यस्तै एमालेका २८ सांसदले ओलीलाई भोट हालेनन् । आजको मतदानमा प्रस्तावको पक्षमा ९३, विपक्षमा १२४ मत प्राप्त भयो भने तटस्थ १५ जना रहे । सदनमा जम्मा २३२ सांसद उपस्थित रहे । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मत नहाल्ने एमाले सांसदको सूची सार्वजनिक गरेका छन् । उनकाअनुसार नामावली यस्तो छः१. योगेश भट्टराई२. झलनाथ खनाल (अस्पतालमा)३. पवित्रा निरौला खरेल४. भवानी खापुङ५. जयकुमार राई६ . यज्ञरा

स्नातकोत्तर पढेकी सांसदले भोट हाल्दा गल्ती गरेपछि....

काठमाडौं । कर्णाली प्रदेशकी एमाले सांसद देवी ओलीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गरिन् । सभामुख राजबहादुर शाहीले मत सच्याउन चाहने सांसद तीन मिनेट समय दिएका थिए ।सभामुखले दिएको समयभित्रै सांसद ओलीले आफ्नो मत सच्याइन् । उनले शाहीको पक्षमा दिएको मत फिर्ता नलिएको भए मुख्यमन्त्रीको पक्षमा २३ मत पुग्ने थियो । उनले फिर्ता लिएपछि शाहीको पक्षमा खसेको मत संख्या २२ मा सीमित रह्यो ।एमाले सांसद प्रकाश ज्वालासहित चार सांसदले ह्वीप उल्लंघन गरेपछि पार्टीले उनीहरुलाई कारबाही गर्ने निश्चित देखिए