कालिमाटीबाट ३७ लाख नगदसहित हुन्डी कारोबारी पक्राउ

काठमाडौंको कालिमाटीबाट हुण्डी कारोबारमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका–७ घर भएका ५४ वर्षीय जयकमल साह कलवार छन् ।आरोपीको साथबाट हुण्डी कारोबारको ३७ लाख नगद बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख (एसएसपी) बसन्त कुँवरले रातोपाटीलाई बताए । काठमाडौं महानगरपालिका–१३ बस्ने कलवारलाई थप अनुसन्धान र कारवाहीका लागी प्रहरीले राजस्व अनुसन्धान विभागमा बुझाएको छ । 

सम्बन्धित सामग्री

१८ लाखसहित दुई हुन्डी कारोबारी पक्राउ

पर्सा प्रहरीले अवैध हुन्डी कारोबार गर्ने दुई जनालाई आइतबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका -१० का २८ वर्षका चन्दन कुमार साह र सोही ठाँउका ४४ वर्षका ओमप्रकाश गुप्ता...

प्रहरीले ‘हुन्डी कारोबारी’ भनेर व्यापारी पक्राउ गरेकोमा आपत्ति

फलफुल व्यापार गर्ने व्यवसायीलाई प्रहरीले ‘हुन्डी कारोबारी’ भनेर गिरफ्तार गरेको भन्दै व्यापारीहरुले आपत्ति जनाएका छन् । मंगलबार महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले कुलेश्वरमा फलफुल पसल चलाउने मीनप्रसाद गौतम र रमेश तिमल्सिनालाई पक्राउ गरेर थियो ।मीनप्रसाद गौतमको स्टल नम्बर–१८ बाट ३० लाख ७ हजार बरामद गरेर प्रहरीले अवैध ‘हुन्डी कारोबार’को रकम दावी गरेको थियो । नेपाल फलफुल थोक ब्यवसायी संघले बुधवार विज्ञप्ती प्रकाशन गरेर सो रकम ‘हुण्डी’को नभई व्या

१० लाख नगदसहित हुन्डी कारोबारी पक्राउ

२३ वैशाख, काठमाडौं । हुन्डी कारोबारमा संलग्न एक व्यक्तिलाई प्रहरीले १० लाख ४० हजार रुपैयाँसहित शुक्रबार पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको विशेष टोलीले झापा शिवगञ्ज गाउँपालिका– २ का २४ वर्षीय विपीन उप्रेतीलाई शुक्रबार पक्राउ गरेको हो । शंकास्पद रुपमा झोला बोकी हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा उप्रेतीले हुन्डी कारोबार …

'ठगी गर्न खोज्दा प्रहरी फन्दामा परे हुन्डी कारोबारी' :: Pahilopost.com

काठमाडौंः प्रहरीले अवैध हुन्डी कारोबार गर्ने तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा जयदुर्गा ट्रेड इन्टरनेशनल नामक कस्मेटिक होलसेल पसलका म्यानेजर कृष्णगोपाल अग्रवाल, मुस्कान तामाङ र कुरियरको काम गर्ने जयराम कार्की रहेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट प्रहरी १५ लाख ९२ हजार रुपैयाँ