डुंगेश्वर गाउँपालिका–१ स्थित प्रहरी चौकी चुप्रा र ६ स्थित माथिल्लो डुंगेश्वर प्रहरीले चौकीले सुर्खेत-दैलेख सडक खण्डको दुवै साईटमा उम्रेको अवैध गाँजा नष्ट गरेको छ।...
प्रहरीले गोली चलाएर गाँजा तस्करलाई नियन्त्रणमा लिएको छ। सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–७ भुताहा शिरमा प्रहरीले पाँच राउण्ड हवाई फायर गरी स्थानीय बिच बहादुर वाइबालाई पक्राउ गरेको हो।...
जनकपुरधाम – सप्तरी प्रहरीले १८४ केजी गाँजा बरामद गरेको छ। घोडामा गाँजा लोड गरी तस्करी गरेर भारततर्फ लैजाँदै गरेको अवस्थामा शनिबार प्रहरीले गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। शनिबार साँझ इलाका प्रहरी कार्यालय हनुमाननगर सप्तरीबाट खटिएको प्रहरी टोलीले राति ११ बजे हनुमाननगर कंकालिनी–१३ गोवरगाडा छतौनीबाट १८४ केजी गाँजा बरामद गरेको सप्तरीका प्रहरी […]
सर्लाही । सर्लाहीको चुरे क्षेत्रमा यस वर्ष पनि गाँजा खेती मौलाएको छ । चुरे क्षेत्रमा व्यावसायिक रूपमा गाँजा खेती भइरहेको हो । गाँजा पाकेर भित्र्याउने बेलामा भने प्रहरीले फाँड्न थालेको छ । सिन्धुलीसँगै सीमा जोडिएका ती बस्तीहरू जिल्लामा अति दुर्गम मानिन्छन । विकट भएकाले पनि स्थानीयले ढुक्क भएर गाँजा खेती गर्दै आएका हुन । कतिपय व्यापारीकै लगानीमा पनि यहाँ गाँजा […]
प्रहरीले दार्चुलामा गाँजा खेती नष्ट गरेको छ। जिल्लाको शैल्यशिखर नगरपालिका–६ पनेबाजमा मकैखेतीसँगै रहेको गाँजा खेती नष्ट गरेको हो।
मालिकार्जुन प्रहरी चौकीले स्थानीयको खेतमा लगाइएको पाँच सय बोट गाँजा नष्ट गरेको जिल्ला...
काठमाडौँ । सशस्त्र प्रहरीले पर्सामा १४३ किलो गाँजा बरामद गरेको छ । वीरगन्ज महानगरपालिका ड्राइपोर्ट परवानीपुर सडकखण्डबाट सो गाँजा बरामद गरिएको हो । रोकिराखेको भारतीय नम्बर प्लेटको मालवाहक ट्रकबाट सो गाँजा बरामद गरिएको सशस्त्रले जनाएको छ । ट्रक र गाँजा नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ ।
वीरगंज : सशस्त्र प्रहरीले पर्साको पोखरीयाबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। पोखरीया नगरपालिका-३ पोखरीया-लंगडी सडकखण्ड भएर गइरहेको बा ५ च ६५५३ नम्बरको पिकअप भ्यानमा जाँच गर्दा १५० किलो गाँजा बरामद भएको पर्साका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकाले जनाए।
सशस्त्र प्रहरी बल प्रदेश २ बाहिनी बर्दिवासको गस्ती टोलीले पूर्व…
सिन्धुलीमा वर्षेनी गाँजा खेती मौलाउँदै गएको छ। प्रहरीले गाँजा खेती गर्न नियन्त्रण गर्ने उदेश्यले वर्षेनी गाँजा फडानी गर्दै आएको भएपनि सिन्धुलीको मरिण र हरिहरपुरगढी क्षेत्रमा वर्षेनी गाँजा खेती हुँदै आएको छ।...
सुर्खेत प्रहरीले १ हजार ३५० बोट गाँजाका नष्ट गरेको छ । प्रहरीले वीरेन्द्रनगर नगरपालिका–२ कोलडाँडाको भित्री सडक खण्ड र स्थानीयको बारीमा प्राकृतिक रुपमा उत्रिएको गाँजा नष्ट गरेको हो ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार प्रहरी चौकी बांगेसिमल सुर्खेतबाट खटिएको प्रहरी टोली गस्ती जाने क्रममा उक्त, गाँजा फेला पारेको थियो । प्रहरीले स्थानीय जनप्रतिनिधि, भद्र भलादमीहरूको रोहबरमा नष्ट गरिएको जनाएको छ ।
सुनसरीको धरान उपमहानगरपालिका–२ बाट प्रहरीले एम्बुलेन्सबाट गाँजा बरामद गरेको छ । को.१ च ५५५९ नम्बरको एम्बुलेन्सबाट १ सय किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।एम्बुलेन्समा गाँजा तस्करी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उक्त एम्बुलेन्स चालक धरान उपमहानगरपालिका–१५ बस्ने ३६ वर्षीय बलबहादुर लिम्बु र धनकुटाको सहिदभूमि गाउँपालिका घर भएका २८ वर्षीय पोशन राई छन् ।धनकुटा भेडेटारबाट धरानतर्फ आउँदै गरेको उक्त एम्बुलेन्सलाई प्रहरीले जाँच गर्ने