सरकारले चिन्न नसकेको दाँत तथा मुख स्वास्थ्य सेवा

दाँत दुखेमा रातो सामानले दाँत डाम्नपर्छ, पाचक खाएपछि दाँत किराले खान्छ, श्रीमान्को नाम लिँदा दाँत किराले खान्छ, बुढो भएपछि थोते हुनैपर्छ, नक्कली दाँत राखे कमजोर भइन्छ, एक पटक बिरामी भएको दाँत उपचार गर्नुभन्दा निकाल्नु ठिक हुन्छ।

सम्बन्धित सामग्री

मनाङको नार्पाभूमिमा सेनाको स्वास्थ्य शिविर

लमजुङ– सडक संजालले नछोएको मनाङको विकट गाउँ नार्पाभूमि गाउँपालिकामा सेनाले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।  मनाङमा रहेको नेपाली सेनाको इन्द्रदल गुल्मका गुल्मपति दिनेश मल्लको नेतृत्वमा सेनाको ४३ जनाको टोलीले स्वास्थ्य सेवा प्रदान गरेको हो । शिविरमा नारगाउँमा ५१ जनाको आयुर्वेद, ९४ जनाको आँखा, १२ जनाको दाँत, १०६ जनाले ल्याब सेवा लिएका छन् । […]

जनताको मुख स्वास्थ्यमा सरकारको खेलवाड!

हालसम्म जम्मा केबल ८० जना दन्त चिकित्सकको दरबन्दीको भरमा मुख स्वास्थ्य सेवा सञ्चालन गर्नुले स्वास्थ्य मन्त्रालयको यस प्रतिको चरम उदासीनता स्पष्ट बुझ्न सकिन्थ्यो, अब झन आधारभूत अस्पतालबाट नै दाँत तथा मुख स्वास्थ्यको जिम्मा डेन्टल हाइजिनिस्टलाई दिएपछि त्यसलाई सरकारले थप पुष्टि गरेको छ।

पाँचथरमा ५ दिने निःशुल्क कृत्रिम दन्त शिविर सन्पन्न : ३ सय बढीले लिए लाभ

पाँचथर । पाँचथरको फिदिममा ५ दिने नि:शुल्क कृत्रिम दन्त शिविरबाट ३ सय बढीले स्वास्थ्य उपचार सेवा लिएका छन् । फिदिम नगरपालिका, स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखा टेकु काठमाडौं, जिल्ला अस्पताल पाँचथरको संयुक्त आयोजनामा जेष्ठ नागरिक तथा बिपन्न परिवारलाई लक्षित गरेर दन्त शिविर संचालन गरिएको हो । शिविरमा १ सय ३ जना ब्यक्तिको दाँत सेट […]

क्लिनिक वान अब भक्तपुरमा पनि

विगत ६ वर्षदेखि अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रदान गरिरहेको क्लिनिक वानले आफ्नो दोस्रो केन्द्र भक्तपुरमा सञ्चालन गरेको छ । क्लिनिक वानले भक्तपुरको सूर्यविनायक रामदेवी कम्प्लेक्सको चौथो तलामा सेवा सञ्चालनमा ल्याएको हो ।  आधुनिक उपकरण, विज्ञ स्वास्थ्यकर्मी, सफल व्यवस्थापन र वुटिक क्लिनिकको अवधारणासहित स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको क्लिनिक वानले जनाएको छ ।  यहाँ विशेषज्ञ डाक्टर परामर्श, फुल बडी चेकअप, खोप, आँखा जाँच, दाँत परीक्षण, एक्सरे लगायतका सेवाहरू दिइनेछ ।   साथै बिरामीहरूको स...

दमौली अस्पतालमा अक्सिजन उत्पादन शुरू

तनहुँ । तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा अक्सिजन उत्पादन शुरू गरिएको छ । अस्पतालमा निर्माण सम्पन्न भएको प्लाण्टबाट अक्सिजन उत्पादन शुरू गरिएको हो । कोरोना संक्रमितको उपचारमा सहयोग पु¥याउन गण्डकी प्रदेश सरकारबाट प्राप्त भएको रकमबाट अक्सिजन प्लाण्ट निर्माण गरी अक्सिजन उत्पादन थालिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए । प्लाण्टबाट उत्पादित अक्सिजन पाइपलाइनमार्फत शय्यामा जडान गरिएको छ । ‘प्रत्येक शय्यामा अक्सिजन पुग्ने गरी पाइपलाइन विस्तार गरिएको छ’, उनले भने, ‘अस्पतालमै अक्सिजन उत्पादन शुरू भएपछि बाहिरबाट ल्याउनुपर्ने समस्याको अन्त्य भयो ।’ रू. ७५ लाख बजेट प्राप्त भएकोमा टेण्डरमार्फत रू. ५५ लाखमा अक्सिजन प्लाण्ट निर्माण सम्पन्न भएको अस्पतालले जानकारी दिएको छ । प्लाण्ट निर्माणका लागि अस्पतालले जय शंकर प्रालिसँग सम्झौता गरेको थियो । कोरोना संक्रमितको उपचारका लागि अस्पतालमा कोभिड कक्ष पनि बनाइएको छ । अस्पतालले महामारीका बेला कोरोना संक्रमितको उपचार गरेको थियो । हाल भने अस्पतालमा कोरोना संक्रमित छैनन् । अस्पतालले आईसीयू र भेन्टिलेटरसमेत शुरुआत गरिसकेको छ । अस्पतालले स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा आइसियु र भेन्टिलेटर शøयाको व्यवस्थापन गरेको थियो । यसअघि अस्पतालमा सघन उपचार कक्ष नहुँदा पोखरा, भरतपुर वा काठमाडौं पुगेर स्वास्थ्य सेवा लिनुपर्दा स्थानीयवासीलाई आर्थिक भारसमेत पर्दै आएको थियो । पछिल्लो समय अस्पतालले विभिन्न सेवा थप गर्दै लगेको छ । अस्पताललाई व्यवस्थित एवम् अत्याधुनिक बनाउने प्रयासस्वरूप थाइराइड, आँखा र दाँत उपचार सेवा शुरू भइसकेको छ । रासस

दाँत तथा मुख रोगको उपचारका लागी संघीय अस्पताल स्थापना सम्बन्धी कार्यशाला गोष्ठी

दाँत तथा मुख रोगको उपचारका लागी संघीय अस्पताल स्थापना गर्ने विषयमा छलफल भएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको उपचारात्मक सेवा महाशाखाले सरोकारवाला र विज्ञहरुसँगको एक दिने कार्यशाला गोष्ठी गरेको हो।

दन्त उपचारमा गम्भीर हुनुपर्छ

– डा. अञ्जना महर्जन (दन्त विशेषज्ञ) स्वास्थ्य सेवा विश्वमै महँगो भइरहेको छ । यस सन्दर्भमा दन्त स्वास्थ्य झनै महँगो सेवा मानिन्छ । यो सेवालाई आकस्मिक उपचारका रुपमा कमै लिइने गरिन्छ । दाँतको जटिल समस्या आएपछि मात्र परीक्षण गराउने प्रवृत्तिकै कारण धेरै मानिसको दाँत कीराले खाने, सिरिङ–सिरिङ गर्ने र दाँत नै फुकाल्नुपर्नेसम्मका जटिल समस्या आउने गर्छन् […]

मुख स्वास्थ्यमा अपनाउनुपर्ने सावधानी

सावधानी दाँत झरेर नै जाने हो भन्ने भ्रम अधिकांशमा छ । आधारभूत र गुणस्तरीय मुख स्वास्थ्य सेवा नागरिकको सुलभ र सहज पहुँचबाट धेरै टाढा छ । अधिकांश मुखका रोग र समस्याबाट ग्रसित छन् । दाँत दुखेपछि मात्र उपचार गर्छु भन्दा धेरै ढिलो भइसक्ने भएकाले बढी दुखाइ–पीडा सहनुपर्ने, धेरै पैसा खर्च हुने, समय लाग्ने मात्र नभई दाँत नै नजोगिन सक्छ । विश्वमै सबैभन्दा बढी मानव समुदायलाई सताउने नसर्ने दीर्घकालीन प्रकृतिका रोगमा मुखमा पाइने रोग पर्छन् । यी रोगले पैदा गर्ने दुखाइ, असहजता, कुरूपपना र कहिलेकाहीँ हुने मृत्युले मान्छेको गुणस्तरीय जीवनमा प्रभाव पार्दछ । यसले व्यक्ति, समाज र राज्यको जीवनमा अनावश्यक आ