विगत ६ वर्षदेखि अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रदान गरिरहेको क्लिनिक वानले आफ्नो दोस्रो केन्द्र भक्तपुरमा सञ्चालन गरेको छ । क्लिनिक वानले भक्तपुरको सूर्यविनायक रामदेवी कम्प्लेक्सको चौथो तलामा सेवा सञ्चालनमा ल्याएको हो ।
आधुनिक उपकरण, विज्ञ स्वास्थ्यकर्मी, सफल व्यवस्थापन र वुटिक क्लिनिकको अवधारणासहित स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको क्लिनिक वानले जनाएको छ ।
यहाँ विशेषज्ञ डाक्टर परामर्श, फुल बडी चेकअप, खोप, आँखा जाँच, दाँत परीक्षण, एक्सरे लगायतका सेवाहरू दिइनेछ ।
साथै बिरामीहरूको स...