केही समयअघि तेलुगु फिल्म उद्योगले अगस्ट १ बाट फिल्मको सुटिङ बन्द गर्ने घोषणा गरेको थियो । कोरोना महामारीपछि धान्नै नसक्ने गरी फिल्म निर्माणको खर्च बढेको र हलबाट आउने सेयर एकदमै न्यून भएको भन्दै उद्योगको पुनर्संरचनाका लागि तेलुगू फिल्मका निर्माताहरूको संघ एक्टिभ प्रोड्युसर्स गिल्डले यो निर्णय गरेको थियो ।अब भने अर्को साताबाट फेरि फिल्मको सुटिङ सुरु हुने भएको छ । केही महत्वपूर्ण परिवर्तन गरेर फिल्मको सुटिङ गर्न लागिएको गिल्डले जनाएको छ । गिल्डका अनुसार पहिले जस्तै अब कुनै पनि कलाकारले दैनिक पैसा न