धनुषामा आर्थिक वर्ष ०७७/०७८ मा एक हजार ९११ नयाँ उद्योग दर्ता भएका छन् । ती मध्ये सबैभन्दा बढी कृषि तथा वन्यजन्यतर्फ एक हजार ९३, सेवा उद्योगतर्फ ५१०, उत्पादन उद्योगतर्फ १५८, पर्यटनतर्फ १४७ र सूचना तथा सञ्चारतर्फ तीनवटा रहेको घरेलु तथा साना उद्योग कार्यालय जनकपुरधाम धनुषाले जनाएको छ । यो सङ्ख्या गत आव ०७६/०७७ कोभन्दा बढी हो ।यस्तै आव ०७८/०७९ मा नयाँ उद्योग र वाणिज्यतर्फ दर्ताबाट एक करोड ४० लाख ११ हजार ९०५ राजस्व सङ्कलन भएको जनाएको छ । योसँगै धनुषामा घरेलु तथा साना उद्योगको सङ्ख्या करिब २१ हजार पुग