लमजुङमा एक वर्षमा ६८८ नयाँ उद्योग थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालय लमजुङका अनुसार २०७८ साउनदेखि २०७९ असारसम्मको अवधिमा जिल्लामा विभिन्न प्रकृतिका ६८८ नयाँ उद्योग थपिएका हुन् । कार्यलयमा दर्ता भएका उद्योगमध्ये सबैभन्दा धेरै ४६१ उद्योग कृषि तथा वन पैदावर सम्बन्धी छन् । कृषि तथा वन पैदावर उद्योग दर्ता मात्र १३ लाख तीन हजार ९०० सय रुपैयाँ राजस्व संकलन भएको छ । सोबाहेक १४८ सेवामुलक, ४० वटा उत्पादनमुलक र ३५ वटा पर्यटन उद्योग दर्ता भएका छन् । सेवामुलक उद्योग दर्ताबाट एक लाख ७१ हजा