कोभिड १९ का कारण नेपाल भारत सीमा लामोसमयदेखि बन्द छ । कोभिड १९ का कारण नेपाल भारत दुबैतर्फ सीमानामा कडाई गरिदा भारतबाट हँुदै आएको अवैध आयात घटेका कारण नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको शुरुवातमै भन्सार राजश्व लक्ष्यभन्दा धेरै बढी संकलन भएको छ ।
गत आर्थिक वर्ष २०७६–०७७ मा राजश्वको निर्धारित लक्ष्यमा घाटा व्यहोरेको नेपालगञ्ज भन्सार कार्यालयले चालु आव २०७७–०७८ को शुरुको दुई महिनामानै लक्ष्यभन्दा धेरै बढी राजश्व संकलन गर्न सफल भएको छ ।