जिल्ला मालपोत कार्यालय म्याग्दीले गत आर्थिक वर्षमा रु दुई करोड ६२ लाख १९ हजार ७७५ राजश्व सङ्कलन गरेको छ ।
यो आर्थिक वर्ष २०७६÷०७७ को तुलनामा ३० दशमलव ५१ प्रतिशत बढी हो । आर्थिक वर्ष २०७६÷०७७ मा कार्यालयले रु ८० लाख राजश्व सङ्कलन गरेको जिल्ला मालपोत कार्यालय म्याग्दीले जनाएको छ ।
सङ्कलित राजश्वमा घरजग्गा रजिष्ट्रेसन शुल्कबाट रु २ करोड ३८ लाख ६५ हजार ९५७ र नगर सुधार कोषबाट रु २३ लाख ५३ हजार ५१८ रहेको कार्यालयका लेखापाल दीपक खत्रीले जानकारी दिए। उनका अनुसार से...