काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारले छिमेकी र अन्तर्राष्ट्रिय शक्तिहरुसँगको सम्बन्ध बिगारेको आरोप लगाएका छन्। कूटनीतिक क्षेत्रका विषयमा एमालेका नेता(कार्यकर्ताहरुलाई शुक्रबार आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधनका क्रममा ओलीले यसो भनेका हुन्।
एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच दुई घन्टा भेटवार्ता भएको छ । आइतबार भक्तपुरको बालकोटस्थित ओली निवासमा दुई नेताबीच समसामयिक राजनीतिबारे भेटवार्ता भएको हो ।ओलीका प्रेस सहयोगी रामकृष्ण बजागाईंले दुई नेताबीच आइतबार साँझ दुई घन्टा भेटवार्ता भएको जानकारी दिए । उनले परराष्ट्र नीतिबारे छलफल भएको बताए । वाम गठबन्धनबारे ओली र श्रेष्ठबीच के–के कुराकानी भयो त्यो भने थाहा नभएको उनले बताए ।‘देशमा असंलग्न परराष्ट्र नीति छ । तर प्रधानमन्त्री शेरबहादुर देउवा भने
काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटले आफूलाई ऊर्जावान् बनाएको काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले बताएका छन्। देउवालाई बुधबार र ओलीलाई यसअघि भेटेका शाहले दुई नेताहरुसँग भएका भेटघाटले आफूलाई थप उर्जावान् बनाएको उल्लेख गरेका छन्। उनले बुधबार सामाजिक सञ्जालमा भनेका छन्- काठमाण्डौँको उन्नति, समृद्धि र सकारात्मक परिवर्तनका लागि हामीले छलफल गर्न, सुझाव […]
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकार जेरी जस्तो गुजुल्टीएको भएको व्यङ्ग्य गरेका छन्। उनले आज प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै यो सरकारको नीति तथा कार्यक्रम प्रस्ट नभएर जनतालाई अल्मल्याउने खालको भएको बताएका छन्। उनले भने,‘यो सरकार यो सरकार जेरी जस्तो गुजुल्टीएको […]
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच मुख भएको प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई प्रतिगामीको संज्ञा दिएका छन्। देशभरका पार्टी जिल्ला अधिवेशनको शुक्रबार संयुक्त रूपमा भर्चुअलमार्फत उद्घाटन गर्दै उनले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई प्रतिगामी सरकारको संज्ञा दिएका हुन्। उनले पाँच मुख भएको सरकारले तुइन काटेर जनतालाई नदीमा खसाल्दा पनि बोल्न नसकेको आरोपसमेत लगाए। […]
काठमाडौं, १६ कार्तिक । सत्तारूढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणबाट फर्किएलगत्तै पाँच दलीय गठबन्धनको बैठक बसेर न्यायालयमा अहिले देखिएको समस्याको समाधानकोलागि पहल गर्ने बताएका छन् । अहिले नेपाल बार एशोसिएसशन आन्दोलित छ । बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलन जारी राखेको छ । आज आन्दोलनको तेस्रो […]
काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन अस्वस्थ र अप्राकृतिक रहेको बताउनुभएको छ । शुक्रवार नेकपा एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन अस्वस्थ, अपवित्र र अप्राकृतिक गठबन्धन रहेको बताउनुभएको हो । उहाँले गठबन्धनले लोकतान्त्रिक मूल्य–मान्यता र दलीय व्यवस्थालाई तोडेको बताउनुभयो । गठबन्धनले निर्दलीय अभ्यास र आचरणको वकालत गरेको पनि उहाँले बताउनुभयो ।अध्यक्ष ओलीले भन्नुभयो, ‘अस्वस्थ, ...