संघीय सरकारमा सहभागी हुने विषयमा छलफल गरेर निर्णय लिनका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले कार्यकारिणी समितिको बैठक बोलाएको छ । लोसपाको केन्द्रीय कार्यालयमा चैत १६ गतेको लागि बैठक बोलाइएको हो । सो बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने या नहुने भन्ने विषयमा छलफल गरेर निर्णय लिइने कार्यकारिणी समितिका एक सदस्यले बताए । प्रधानमन्त्री देउवाले लोसपालाई सरकारमा आउनका लागि आग्रह गरेपछि छलफल हुन लागेको हो । देउवाको प्रस्तावपछि लोसपाका केही नेताले स