राष्ट्र बैंकले तोकेको भन्दा बढी मूल्यमा डलर बेच्दैछन् वाणिज्य बैंकहरू, कुनमा कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार सोमवार (आज) डलरको सन्दर्भ दर स्थिर रहेको छ । राष्ट्र बैंकले आज १ अमेरिकी डलरको खरीद दर १३१ रुपैयाँ १७ पैसा र विक्री दर १३१ रुपैयाँ ७७ पैसा तोकेको छ । अघिल्लो दिन पनि राष्ट्र बैंकले तोकेको डलरको विनिमय दर समान थियो ।  तर, वाणिज्य बैंकहरूले राष्ट्र बैंकले तोकेको भन्दा बढी मूल्यमा डलर बेचिरहेका छन् । नेपाल एसबिआई बैंकले भने डलरको मूल्य राष्ट्र बैंकले तोकेको भन्दा कम तोकेको छ ।  कुन बैंकमा कति छ डलरको भाउ ? क्र. सं. बैंक नगद खरीद दर नगद विक्री दर १ कुमारी बैंक लिमिटेड  १३१. ५५   १३२.१५ २ सनराइज बैंक लिमिटेड  १३१. ६०   १३२.२० ३ लक्ष्मी बैंक लिमिटेड  १३१. ५५   १३२.१५ ४   सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड    १३१. ५५   १३२.१५ ५ प्रभु बैंक लिमिटेड  १३१. ५५   १३२.१५ ६ प्राइम कमर्सियल बैंक लिमिटेड  १३१. ६०   १३२.२० ७ एनएमबि बैंक  १३०. ९४   १३२.२० ८ माछापुच्छ्रे बैंक लिमिटेड  १३०. ७९   १३२.०५ ९ ग्लोबल आइएमई बैंक  १३१. ५५   १३२.१५ १० सानिमा बैंक लिमिटेड  १३१. ५५   १३२.१५ ११ नेपाल बैंक लिमिटेड  १३१. ६०   १३२.२० १२ सिद्धार्थ बैंक लिमिटेड  १३१. ५५   १३२.१५ १३ हिमालयन बैंक लिमिटेड  १२९. ४५  - १४ कृषि विकास बैंक लिमिटेड  १३१. ५५   १३२.१५ १५ नेपाल एसबिआई बैंक लिमिटेड  १३१. १५   १३१.७५ १६ स्टयाण्डर्ड चार्टर्ड बैंक लिमिटेड  १३०. ५०  १३२. १० १७ एभरेष्ट बैंक लिमिटेड  १३१. ५५   १३२.१५ १८ नबिल बैंक लिमिटेड  १३१. ६०   १३२.२० १९ नेपाल इन्भेष्टमेण्ट मेगा बैंक  १३१. ६०   १३२.२० २० राष्ट्रिय वाणिज्य बैंक  १३१. ६०   १३२.२० २१ एनआईसी एशिया बैंक लिमिटेड  १३१. ५५   १३२.१५

सम्बन्धित सामग्री

घटस्थापनाको भोलिपल्टदेखि नयाँ नोट साट्न पाइने

काठमाडाैँ : नेपाल राष्ट्र बैंकले दशैँका लागि नोट सटहीको तयारी थालेको छ। घटस्थापनाको भोलिपल्ट असोज २९ गतेबाट नोट सटही सुरु गर्ने गरी मुद्रा व्यवस्थापन विभागले तयारी थालेकाे राष्ट्र बैंकका सूचना अधिकारी डिल्लीराम पोखरेलले थाहाखबरलाई जानकारी दिए।उनका अनुसार काठमाडौँमा राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाबाट नोट साट्न सकिनेछ। काठमाडौँबाहिर राष्ट्र बैंकका प्रदेश कार्यालयबाट साट्न सकिनेछ। सर्वसाधारणले घटस्थापनाको भोलिपल्टदेखि ५ दिनसम्म सटही सुविधा पाउने छन्। यस वर्ष दशैँमा सटहीका लागि कति रकम छु

राष्ट्र बैंकले बढायो डलरको भाउ, कतिमा बेच्दैछन् वाणिज्य बैंकहरू ?

काठमाडौं । नेपाल राष्ट्र बैंक (Nepal Rastra Bank)ले बुधवार डलर (Dollar)को विनिमय दर (Exchange rate) बढाएको छ । राष्ट्र बैंक (NRB)का अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३० रुपैयाँ ९७ पैसा र विक्री दर १३१ रुपैयाँ ५७ पैसा छ । अघिल्लो दिन सोमवार राष्ट्र बैंकले १ अमेरिकी डलरको खरीद दर १३० रुपैयाँ ८६ पैसा र विक्री दर १३१ रुपैयाँ ४६ पैसा तोकेको थियो ।  तर, अधिकांश वाणिज्य बैंकहरूले राष्ट्र बैंकले तोकेभन्दा बढी मूल्यमा डलर बेचिरहेका छन् । आज १९ ओटा वाणिज्य बैंकले डलरको खरीद दर र विक्री दर राष्ट्र बैंकले तोकेभन्दा बढी छ ।  एसबिआइ बैंकमा डलरको खरीद दर र विक्री दर राष्ट्र बैंकले तोकेभन्दा कम छ । त्यस्तै एनएमबि बैंकमा डलरको खरीद दर राष्ट्र बैंकले तोकेभन्दा कम र विक्री दर बढी छ । कुन बैंकमा कति छ डलरको विनिमय दर ? क्र. सं. बैंक नगद खरीद दर नगद विक्री दर १ कुमारी बैंक लिमिटेड  १३१. १०   १३१.७० २ सनराइज बैंक लिमिटेड  १३१. १०   १३१.७० ३ लक्ष्मी बैंक लिमिटेड  १३१. १०   १३१.७० ४   सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड    १३१. १०   १३१.७० ५ प्रभु बैंक लिमिटेड  १३१. १०   १३१.७० ६ प्राइम कमर्सियल बैंक लिमिटेड  १३१. १५   १३१.७५ ७ एनएमबि बैंक  १३०. ४९   १३१.७५ ८ माछापुच्छ्रे बैंक लिमिटेड  १३१. १०   १३१.७० ९ ग्लोबल आइएमई बैंक  १३१. १०   १३१.७० १० सानिमा बैंक लिमिटेड  १३१. १०   १३१.७० ११ नेपाल बैंक लिमिटेड  १३१. १०   १३१.७० १२ सिद्धार्थ बैंक लिमिटेड  १३१. १०   १३१.७० १३ हिमालयन बैंक लिमिटेड  १३१. १०   १३१.७० १४ कृषि विकास बैंक लिमिटेड  १३१. १०   १३१.७० १५ नेपाल एसबिआई बैंक लिमिटेड  १३०. ९५   १३१.५५ १६ स्टयाण्डर्ड चार्टर्ड बैंक लिमिटेड  १३१. ०५  १३१. ६५ १७ एभरेष्ट बैंक लिमिटेड  १३१. १०   १३१.७० १८ नबिल बैंक लिमिटेड  १३१. १५   १३१.७५ १९ नेपाल इन्भेष्टमेण्ट मेगा बैंक  १३१. १०   १३१.७० २० राष्ट्रिय वाणिज्य बैंक  १३१. १०   १३१.७० २१ एनआईसी एशिया बैंक लिमिटेड  १३१. १०   १३१.७०

डलरको मूल्य राष्ट्र बैंकले यथावत् राख्दा वाणिज्य बैंकहरूले बढाए, कुनमा कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंक (Nepal Rastra Bank)का अनुसार सोमवार पनि डलरको (Dollar) विनिमयदर (Exchange rate) स्थिर छ । राष्ट्र बैंक (NRB)का अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३० रुपैयाँ ६७ पैसा र विक्री दर १३१ रुपैयाँ २७ पैसा छ । अघिल्लो दिन पनि राष्ट्र बैंकले १ अमेरिकी डलरको खरीद दर १३० रुपैयाँ ६७ पैसा र विक्री दर १३१ रुपैयाँ २७ पैसा तोकेको थियो । तर १९ औटा वाणिज्य बैंकहरूले अघिल्लो दिनको तुलनामा डलर (Dollar)को विनिमय दर बढाएका छन् भने २ ओटामा स्थिर छ । आज १८ ओटा वाणिज्य बैंकको डलरको खरीद दर र विक्री दर राष्ट्र बैंकले निर्धारण गरेको मूल्यभन्दा बढी छ । त्यसैगरी आज एसबिआइ बैंक र ग्लोबल बैंकमा डलरको खरीद दर र विक्री दर राष्ट्र बैंकले निर्धारण गरेको मूल्यभन्दा कम छ । त्यस्तै एनएमबि बैंकमा डलरको खरीद दर राष्ट्र बैंकले निर्धारण गरेको मूल्यभन्दा कम र विक्री दर राष्ट्र बैंकले निर्धारण गरेको मूल्यभन्दा बढी छ । कुन बैंकमा कति छ डलरको विनिमय दर ?  क्र. सं. बैंक नगद खरीद दर नगद विक्री दर १ कुमारी बैंक लिमिटेड  १३०. ८०   १३१.४० २ सनराइज बैंक लिमिटेड  १३०. ८०   १३१.४० ३ लक्ष्मी बैंक लिमिटेड  १३०. ८०   १३१.४० ४   सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड    १३०. ८०   १३१.४० ५ प्रभु बैंक लिमिटेड  १३०. ८५   १३१.४५ ६ प्राइम कमर्सियल बैंक लिमिटेड  १३०. ८५   १३१.४५ ७ एनएमबि बैंक  १३०. २०   १३१.४५ ८ माछापुच्छ्रे बैंक लिमिटेड  १३०. ८०   १३१.४० ९ ग्लोबल आइएमई बैंक  १३०. ६५   १३१.२५ १० सानिमा बैंक लिमिटेड  १३०. ८०   १३१.४० ११ नेपाल बैंक लिमिटेड  १३०. ८०   १३१.४० १२ सिद्धार्थ बैंक लिमिटेड  १३०. ८०   १३१.४० १३ हिमालयन बैंक लिमिटेड  १३०. ८५   १३१.४५ १४ कृषि विकास बैंक लिमिटेड  १३०. ८०   १३१.४० १५ नेपाल एसबिआई बैंक लिमिटेड  १३०. ६५   १३१.२५ १६ स्टयाण्डर्ड चार्टर्ड बैंक लिमिटेड  १३०. ७०  १३१. ३० १७ एभरेष्ट बैंक लिमिटेड  १३०. ८५   १३१.४५ १८ नबिल बैंक लिमिटेड  १३०. ८५   १३१.४५ १९ नेपाल इन्भेष्टमेण्ट मेगा बैंक  १३०. ८०   १३१.४० २० राष्ट्रिय वाणिज्य बैंक  १३०. ८०   १३१.४० २१ एनआईसी एशिया बैंक लिमिटेड  १३०. ८०   १३१.४०

सरकारका लागि १५ अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक, ब्याजदर कति ?

सरकारको वित्तीय सल्लाहकार समेत रहेको नेपाल राष्ट्र बैंकले सरकारका लागि आज १५ अर्ब बराबरको आन्तरिक ऋण उठाउने भएको छ। राष्ट्र बैंकले असार १४  गते १५ अर्बको ५ वर्षे विकास ऋणपत्र २०८४ 'ज' बोलकबोल गर्न लागेको हो ।१४ गते बोलकबोल सकेर १५  गते ऋणपत्र निष्काशन हुने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको अनलाईन विडिंग सिस्टम सफ्टवेयर मार्फत ऋणपत्र बोलकबोल हुने छ । यसको ब्याजदर पनि बोलकबोल कै माध्यमबाट निर्धारण हुने छ । उक्त ऋणपत्रको बोलकबोलमा बैंक त्तहा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकहरु ले भाग लिन सक्ने छन् । राष्ट्र बैंकले यस अघि असार ७ गते पनि १५ अर्बको ५ वर्षे विकास ऋणपत्र २०८४  'छ' बोलकबोल गरेको थियो । विकास ऋणपत्र दुइ वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । हाल नेपाल राष्ट्र बैंकबाट निष्कासन भएका विकास ऋणपत्र ३ वर्षदेखि १५ वर्षअवधि सम्मका रहेका छन् । विकास ऋणपत्रको दोस्रोबजार कारोबार नेपाल धितोपत्र विनिमय बजार लिमिटेड (NEPSE) मार्फत मात्र हुने व्यवस्था रहेको छ ।सरकारी ऋणपत्र बजारयोग्य उपकरण हो जसमा लगानीकर्ताले ऋणपत्र जारी गर्ने संस्थाबाट निश्चित ब्याज प्राप्त हुने गरी लगानी गर्दछन् । देश विकासका लागिसरकारी खर्च गर्न आवश्यक साधन जुटाउन सरकारले विभिन्न किसिमको ऋणपत्रहरु जारी गर्ने गर्दछ । नेपाल राष्ट्र बैंकले जारी गर्ने सरकारी ऋणपत्रहरू मुख्यतया ४ प्रकारका छन् । ती ऋणपत्रहरूः ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र, वैदेशिक रोजगार बचतपत्र हुन् ।

माइक्रोम्यानेजमेन्टमा फस्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले चालू पूँजी कर्जालाई नियन्त्रण गर्ने उद्देश्यसहित कर्जासम्बन्धी मार्गदर्शन २०७८ को मस्यौदा सार्वजनिक गरेको छ । सरोकारावालाहरूसँग आवश्यक रायसमेत मागी प्रस्ताव गरिएको मार्गनिर्देशनले बैंकहरूलाई यस्तो कर्जा प्रवाह गर्न अप्ठ्यारोमा पार्ने देखिन्छ । नियामक निकायको नीतिगत कुराहरू निर्देशन गर्नुपर्छ र वित्तीय क्षेत्रलाई स्थायित्व दिनुपर्छ । तर, यसरी कर्जा प्रवाहका बारेमा समेत निर्देशन दिनुले ऊ माइक्रोम्यानेजमेन्टतर्फ लागेको हो कि भन्ने आशंका पैदा गरेको छ । राष्ट्र बैंकले युनिभर्सल बैंक भनेको छ । तर, व्यवहारमा त्यो अवधारणा लागू भएको छैन । त्यसैले वाणिज्य बैंकहरूले वाणिज्य बैंकअनुसार नै काम गर्न पाउनुपर्छ । बैंकहरूले जोखिमको मात्रा हेरेर त्यसैअनुसार धितोमा कर्जा प्रवाह गर्दै आएका छन् । यस्ता कर्जा मध्ये चालू पूँजी कर्जा पनि एक हो यस्तो कर्जामा हालसम्म राष्ट्र बैंकले कुनै पनि निर्देशन दिएको छैन जसले गर्दा बैंकहरूले आफैले यसबारे निर्णय गरेर कर्जा प्रवाह गर्दै आएका थिए । यस्तो क्षेत्रमा कर्जा प्रवाह बढी भएपछि यसमा एकरूपता ल्याउन तथा कर्जाको दुरुपयोग हुन नदिने अहिले उसले कडाइ गर्न नयाँ निर्देशन जारी गर्न लागेको हो । राष्ट्र बैंकले क्यास क्रेडिट कर्जा, अल्पकालीन अवधिको कर्जा, आयात निर्यातसँग सम्बद्ध कर्जा र चालू पूँजी प्रयोजनको आवधिक कर्जा गरेर चार प्रकारमा बाँडेको छ । यसरी वाणिज्य बैंकहरूलाई कर्जा निर्देशनका बुँदाभित्र रहेर मात्रै कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गर्न लागिएको छ । नेपालका बैंकहरू वाणिज्य बैंक नै हुन् । राष्ट्र बैंकले युनिभर्सल बैंक भनेको छ । तर, व्यवहारमा त्यो अवधारणा लागू भएको छैन । त्यसैले वाणिज्य बैंकहरूले वाणिज्य बैंकअनुसार नै काम गर्न पाउनुपर्छ । अर्थात् उनीहरूलाई कर्जासम्बन्धमा विशेष निर्देशन दिनु आवश्यक छैन । वाणिज्य बैंकले विकास बैंक, औद्योगिक बैंक, निर्यात बैंक, ऊर्जा बैंक आदिको काम गर्न पाउने अवस्था युनिभर्सल बैंकिङ हो । तर, बैंकहरूलाई वाणिज्य बैंकका रूपमा मात्रै काम गर्न दिइएको छ । बैंकहरूले विकास बैंकको र अन्य काम गर्न पाउँदैनन् । उनीहरूलाई अलग कम्पनी खडा गरेर मात्रै केही काम गर्न दिइएको छ । यी सबै गर्न दिएको भए चालू पूँजी कर्जामा निर्देशन दिन सुहाउँथ्यो । चालू पूँजीमा निर्देशन दिएर राष्ट्र बैंकले के गर्न खोजेको बुझिँदैन । अहिले चलेको बैंकिङ मोडलमा उनीहरूले आफ्नो ग्राहकलाई कर्जा दिने हो । कर्जाको उठ्तीको सुनिश्चितता छ भने कुन शीर्षकमा दिने भन्ने कुरा उसको आन्तरिक हुनुपर्छ । अहिले २० अर्बका हाराहारीका वाणिज्य बैंकहरू छन् । यति ठूलो पूँजी भएका बैंकहरूलाई चालू पूँजी कर्जा यसरी दिनुपर्छ भनेर सिकाउनुपर्छ भने हाम्रो प्रणालीमा केही कमजोरी छ भन्ने स्पष्ट हुन्छ । राष्ट्र बैंकले अहिले यसको प्रस्तावमात्रै गरेको हो । सम्बद्ध व्यक्तिहरूले यसबारे प्रतिक्रिया कस्तो दिन्छन् भनेर उसले सुझावका लागि समय दिएको छ । बैंक र उद्योग वाणिज्य संघले यस्तै खालका प्रतिक्रिया दिने सम्भावना बढी देखिन्छ । तर, ऊ अहिले निर्देशन जारी गर्दै माइक्रोम्यानेजमेन्टतिर जान लागेको देखिन्छ जुन कुनै पनि हालतमा हुनु हुँदैन । ऊ यस्ता सानातिना कुराको विवादमा अलमलिनुभन्दा अलि गम्भीर नीतिगत कुराहरूतर्फ लाग्नुपर्छ । हो चालू पूँजी कर्जामा केही बदमासी भइरहेका छन् । त्यो बदमासी गर्ने बैंकलाई कारबाही गर्न उसलाई पूर्ण अधिकार छ । तर, राष्ट्र बैंक आफूले गर्नुपर्ने काम नगरी अलमलिएको पाइन्छ । उसले उद्योगहरूमा सेक्टरहरू अनुसार लगानी के छ, सिमेन्ट उद्योगमा लिभरेज रेसियो कति छ, चालू पूँजी र स्थिर पूँजीको रेसियोको स्टान्डर्ड के छ, कुल विक्रीमा स्टकको रेसियो औसतमा कति छ जस्ता विषयको अध्ययन गरेर आधारभूत तथ्यांक सार्वजनिक गर्ने हो भने त्यसले बैंकहरूलाई कर्जा प्रवाह गर्न निकै सहज बनाउँछ । तर, ऊ आदेश दिने खालको सोचतर्फ गएको देखिन्छ । यस्तो कुरामा राष्ट्र बैंकले समय खेर फाल्नु हुँदैन ।

बैंक तथा लघुवित्तहरुको आवश्यक संख्याबारे अध्ययन भईरहेको छ : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले कति संख्यामा बैंक तथा लघुवित्तहरु आवश्यक हुन्छ भन्ने सम्बन्धमा अध्ययन भईरहेको जनाएको छ । आरम्भ चौतारी लघुवित्त र देउराली लघुवित्त बिच एकीकृत कारोबार शूभारम्भ गर्दै नेपाल राष्ट्र बैंकका संचालक रामजी रेग्मीले बैंक तथा लघुवित्तहरु आवश्यक संख्याबारे अध्ययन भईरहेको बताएका हुन् ।राष्ट्र बैंकका  संचालक रेग्मीले आजको मिति सम्म नेपालमा लघुवित्तहरुको संख्या ६८ वटा रहेकोमा यो संख्या अझै बढी भएकोले नेपालमा कति संख्यामा बैंक तथा लघुवित्तहरु आवश्यक हुन्छ भन्ने सम्बन्धमा अध्ययन भईरहेको बताएका हुन् । उनले केही नितिगत कुराहरुमा समेत सुधार गर्नु पर्ने बताएका छन् । काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा न. १० मा रहेको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका वडां ४ मा रहेको देउराली लघुवित्त वित्तीय संस्था लिमिटेड लाई प्राप्ति गरि एकीकृत कारोबार शुभारम्भ गरेको हो ।

विद्युत् कोषप्रति राष्ट्र बैंक सकारात्मक

जलविद्युत्मा लगानीका लागि छुट्टै विद्युत् विकास कोष स्थापना गर्न नेपाल राष्ट्र बैंक सकारात्मक देखिएको छ । गत बिहिबार गभर्नर डा. युवराज खतिवडाले ऊर्जा उत्पादकहरूको संगठन इप्पानलाई यस्तो कोषको अवधारणापत्र तयार पारि ल्याउन भनेका छन्  । इप्पानले अवधारणा पत्र तयार भइसकेको र आजभोलि नै दिइसक्ने बताएको छ । अवधारणा पत्रका आधारमा राष्ट्र बैंकले कोष स्थापनाका लागि पहल गर्ने इप्पानका सदस्य तथा सानिमा हाइड्रोपावर कम्पनीका महाप्रबन्धक डा. सुवर्णदास श्रेष्ठले बताए । इप्पानले गत हप्तामा जलविद्युत्को विकासका लागि विद्युत् विकास कोषको स्थापना गर्नुपर्ने लिखित माग राख्दै ऊर्जा मन्त्रालयमा ज्ञापनपत्र पेश गरेको थियो । सो कोष राष्ट्र बैंकको नेतृत्वमा स्थापना  गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ । ‘कोष कति रकमको हुने भन्ने निश्चित  नभए पनि ठूलो क्षमतामा आयोजना विकास गर्न सकिने गरी कोषको आधार पनि ठूलै हुने अनुमान छ,’ इप्पानका कार्यकारी व्यवस्थापक प्रदीप गंगोलले बताए । ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधानका अनुसार निजी क्षेत्रले दुई हजार मेगावाट विद्युत् उत्पादन गर्न सक्ने अवस्था सृजना गरी यसका लागि आवश्यक करिब २ खर्ब ४० अर्ब रुपैयाँ जुटाउन विद्युत विकास कोषको परिकल्पना गरिएको हो । वर्ष ५, अंक ४४, २०६७, असार २१– २२