गत आर्थिक वर्षको ११ महिना (साउनदेखि जेठ) सम्ममा नेपालमा खुद ४ अर्ब ६४ करोड रुपैयाँ मात्र प्रत्यक्ष विदेशी लगानी (एफडीआई) भित्रिएको छ । यस अवधिमा कुल ६ अर्ब ४५ करोड रुपैयाँ विदेशी लगानी भित्रिए पनि १ अर्ब ८० करोड रुपैयाँ बराबर पुरानो लगानी बाहिरिएकाले खुद विदेशी लगानी ४ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ देखिएको छ ।