नेपाल मजदूर किसान पार्टीका सचिव प्रेम सुवाल र केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईँले चिनियाँ कम्युनिष्ट पार्टीबाट सहयोग प्राप्त स्वास्थ्य सामग्री भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालका लागि आज हस्तान्तरण गरेका छन् । नगर प्रमुख सुनिल प्रजापतिलाई हस्तान्तरित सामग्रीमा १५ हजार थान एन ९५ मास्क र रु एक करोड १५ लाख बराबरको पाँच थान हाइड्रोजन अक्सिजन जेनेरेटर छन् ।
सो अवसरमा पूर्वसांसद सुवालले चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको १०० वर्ष पुगेका अवसरमा चीनले नेपालका राजनीतिक दलसँग कोभिड रोकथाममा सहकार्य गर्ने विषयमा अनल...