एमालेका पूर्वमाओवादी : पुरानो खेमा भनेर हामी कुनै गुट बनाउँदैनौं

काठमाडौं : नेकपा एमालेमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्ष र वरिष्ठ नेताद्वय झलनाथ खनाल तथा माधवकुमार नेपाल समूहबीचको लडाइँ उत्कर्षमा छ। एमाले औपचारिक रुपमा विभाजन नभए पनि फरक पार्टीको अभ्यासमा छ। तर, दुवै समूहका दोस्रो तहका नेताहरू एमाले एकताको पक्षमा लागिरहेका छन्। ओली बहिर्गमनको प्रयासरत विपक्षी गठबन्धनमा सामेल भएका नेता नेपाल समूह विश्वस्त बनेन। सर्वोच्च अदालतले समेत ओलीले एकलौटी गठन गरेको दसौँ महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिने फैसलापछि थप दबाब पैदा भयो