काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा पाँच सय ५६ जना कोरोना संक्रमित थपिएका छन्। हाल जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या छ हजार २०४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। मन्त्रालयका अनुसार हालसम्म काठमाडौंमा कोरोना संक्रमणका कारण १९ सय ६९ जनाले ज्यान गुमाइसकेका छन्। हालसम्म काठमाडौंमा दुई लाख १७ हजार ९८२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको मन्त्रालयले जनाएको छ।