काठमाण्डाै - नेकपा माओवादी केन्द्रले भोलिदेखि काठमाण्डौमा सुरु हुने भनिएको राष्ट्रिय सम्मेलनलाई सिधै महाधिवेशनमा लैजाने निर्णय गरेको छ ।पार्टीको केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलन नगरि आठौँ महाधिवेशन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । स्थायी कमिटीको निर्णय भोलि बिहान बस्ने केन्द्रीय कमिटीको बैठकले अनुमोदन गर्ने पनि महराले बताउनुभयो ।