एजेन्सी – घरेलु टोली वेस्टइन्डिजले इंग्ल्यान्डसँग पहिलो टेस्ट खेलमा मजबुत ब्याटिङ सुरुवात गरेको छ । पहिलो इनिङमा वेस्टइन्डिज ६६.५ ओभरमा २०२–४ को अवस्थामा रहँदा दोस्रो दिनको खेल सकिएको छ । वेस्टइन्डिज पहिलो इनिङमा १ सय ९ रनले पछि छ । क्रिजमा जेसन होल्डर १ सय ४ बलमा ६ चौका र १ छक्कासहित ४३ रनमा छन् […]