मेची आम्दा अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना पोजेटिभ, अस्पतालको सेवा बन्द
झापा- मेची आम्दा अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना पोजेटिभ भएपछि अस्पताल सिल गरिएको छ। मेचीनगर–१० धुलाबारीमा रहेको सो अस्पतालको सबै सेवा बुधबारदेखि बन्द गरेर सिल गरिएको नगरपालिकाले...
दैलेखमा कोरोना संक्रमण बढ्दै जान थालेपछि सरकारी कार्यालयका सेवा प्रवाह प्रभावित भएका छन् । जिल्ला प्रशासन कार्यालय दैलेखले सोमबारदेखि सेवा बन्द गरेको छ ।
कार्यालयका ४ जना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि...
सिमकोट – जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीलाई कोरोना सङ्क्रमण देखिएपछि एक हप्ताका लागि सबै सेवा बन्द गरिएको छ। आइतबार बेलुका टाउको दुख्न थालेपछि शंका लागेर कोरोना परीक्षण गर्दा उनलाई कोरोना पुष्टि भएको हो। सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईलाई कोरोना देखिएपछि कार्यालयद्वारा प्रदान गरिँदै आएका सबै सेवा एक हप्ताका लागि बन्द गरिएको कार्यालयले […]
कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि बैतडीको मेलौली नगरपालिकाका सेवा बन्द गरिएका छन्। नगरपालिकामा कार्यरत पाँच कर्मचारीमा कोरोना देखिएपछि आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएका हुन् ।
कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि बैतडीको मेलौली नगरपालिकाका सेवा बन्द गरिएका छन् । नगरपालिकामा कार्यरत पाँच कर्मचारीमा कोरोना देखिएपछि आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएका हुन् । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सपना कार्कीका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएका हुन् ।एन्टिजेन विधिमार्फत कोरोना परीक्षण गरिँदा नगरपालिकामा कार्यरत पाँच कर्मचारीमा सङ्क्रमण पुष्टि भएको हो । यसअघि मेलौली नगरपालिकास्थित केशरपुर प्राथमिक स्व
जिल्ला अस्पताल सङ्खुवासभाका आठ स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालका स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ ।आजदेखि अत्यावश्यक बाहेकको सेवा बन्द गरिएको जिल्ला अस्पताल सङ्खुवासभाका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा योगेन्द्रमणि बस्नेतले बताए । एन्टिजेन परीक्षण गर्दा जिल्ला अस्पतालका कार्यरत आठ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि माघ १५ गतेसम्म अत्यावश्यक बाहेकको सेवा बन्द गरिएको छ । आजदेखि अस्पतालमा आकस्मिक सेवा, प्
कार्यालयका करिब ९० प्रतिशत कर्मचारीमा कोरोना संक्रमण देखिएपछी जिल्ला प्रशासन कार्यालय रसुवाले सेवा बन्द गरेको छ। प्रमुख जिल्ला अधिकारी नवराज जैसीले सोमबार एक सुचना जारी गर्दै सोमबारदेखि शुक्रबारसम्म सेवा स्थगित...
पाल्पा जिल्ला अस्पतालमा आकस्मिकबाहेकको सेवा बन्द भएको छ । अस्पतालमा कार्यरत कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण भएपछि अत्यावश्यकबाहेकको सेवा बन्द भएको हो । निमित्त मेडिलकल सुपरिटेन्डेण्टसहित १० कर्मचारीको पिसीआर परीक्षण गर्दा नौ जनामा कोरोना सङ्क्रमण देखिएको अस्पताल विकास समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले जानकारी दिए । अस्पतालले सूचना जारी गर्दै सुत्केरी सेवा, ल्याब, सुरक्षित गर्भपतन र सिफारिसबाहेकका सेवा पूर्णरूपमा बन्द गरिएको जनाएको छ ।मेसुसहित ६ मेडिकल अधिकृत, एक डेन्टल सर्जन, एक पार
कोरोना सङ्क्रमणको ‘हटस्पट’ बनेको भरतपुरका अस्पतालहरुले सुरक्षितरूपमा प्रसूति सेवा दिइरहेका छन् । जिल्ला र बाहिरका धेरै सङ्क्रमितको उपचार गरिरहे पनि त्यसैबीचमा सुरक्षित तवरले प्रसूति सेवा दिएका हुन् ।
अस्पतालहरुले बहिरङ सेवा बन्द गराएर मुख्यरूपमा कोरोना सङ्क्रमितको उपचार गराइरहेका छन् । झण्डै एक महिनादेखि निषेधाज्ञाका कारण जनजीवन ठप्प छ । अस्पतालहरुमा कोरोनाबाहेकका कमै मात्र बिरामी आएका छन् । यद्यपि सुत्केरी गराउनै पर्नेहरु भने जोखिम मोलेरै अस्पताल आउने गरेका छन् ।
भरतपुर अस्पतालका प्रसूति विभाग प्रमुख डा सुन...
विराटनगरसिथत नोबेल शिक्षण अस्पतालले निःशुल्क कोरोना ओपीडी सेवा सञ्चालन गरेको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका व्यक्ति र होम आइसोलेशनमा बसेका संक्रमितको परीक्षणका लागि नोबेलले कोरोना ओपीडी सेवा सञ्चालन गरेको हो ।
पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएमा संक्रमित व्यक्ति होम आइसोलेशनमा बस्ने गर्छन् । स्वास्थ्यमा समस्या बढेमा कोभिड अस्पतालमा भर्ना गरेर उपचार गर्ने गरिन्छ । तर, कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका तर, पीसीआर परीक्षण नगराएका विरामीहरु उपचार पाउँनबाट बन्चित बन्दै आएका थिए । यता, होम आइसोलेशनमा ब...
डोटी । बडिकेदार गाउँपालिकामा कार्यरत चार कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि एक साताका लागि सेवा बन्द गरिएको छ । गाउँपालिकाले स्वास्थ्य सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गरेको हो । गाउँपालिका अध्यक्ष कृष्णबहादुर चन्दका अनुसार चार कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भयो । सोही कारण सेवा लिन आउनेलाई सङ्क्रमण नहोस् भन्ने उद्देश्यले स्वास्थ्य बाहेकका सबै सेवा […]