सिमकोट – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा पानीमा भिजेर बिग्रेको खाद्यान्न उपभोक्ताबाट फिर्ता लिएर राम्रो खाद्यान्न दिएको छ। उपभोक्तालाई गुणस्तरीय खाद्यान्न उपलब्ध गराउने लिमिटेडको लक्ष्यअनुसार बिग्रेको खाद्यान्न फिर्ता लिँदै त्यसको सट्टा नयाँ उपलब्ध गराइएको हो। नाम्खा गाउँपालिकाका उपाध्यक्ष तकदिर लामाले पानीमा भिजेर लिमिटेडद्वारा ढुवानी अनुदानमा बिक्री गरिएको खाद्यान्नको अवस्थाबारे स्थलगत रूपमा अनुगमन गरेको बताए। […]