हुम्लामा खाद्यान्न अभाव : ढुवानीमा बेवास्ताले सहरमै थन्कियो चामल

सिमकोट, (हुम्ला) । समयमै ढुवानी नहुँदा हिमाली जिल्ला हुम्लामा खाद्यान्न अभाव देखिएको छ । ढुवानीको जिम्मा पाएका सप्लायर्स कम्पनी र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको लापरबाहीका कारण यहाँ खाद्यान्न अभाव भएको हो ।  लिमिटेडको सिमकोट शाखामा दुई महीना यतादेखि खाद्यान्न अभाव हुँदै आएको छ । आर्थिक वर्ष २०८०/८१ मा हुम्लाका लागि १४ हजार क्विन्टल चामल स्वीकृत गरिए पनि हालसम्म ढुवानी हुन नसक्दा यहाँको गोदाम रित्तिएको छ । स्थलमार्गबाट चार हजार क्विन्टल र हवाई मार्गबाट १० हजार क्विन्टल ढुवानीका लागि सम्झौता भए पनि सप्लायर्सहरूले समयमै ढुवानी गर्न नसकेको सिमकोट शाखा प्रमुख कृष्ण अधिकारीले बताए ।  स्थलमार्गबाट तीन हजार क्विन्टल चामल ढुवानीको जिम्मा पाएको एलबी सप्लायर्सले अहिलेसम्म ढुवानी गरेको छैन । एक हजार क्विन्टल चामल ढुवानीको जिम्मा पाएको चाङला ढुवानी सेवाले एक सय ४८ क्विन्टल मात्रै उठाएको छ ।  साउनमा ढुवानीका लागि बोलपत्र आह्वान गरेर भदौदेखि ढुवानी हुनुपर्ने खाद्यान्न हालसम्म सप्लायर्सले ढुवानी गर्न सकेको छैन । लिमिटेडले भदौमा मात्र ढुवानीका लागि बोलपत्र आह्वान गरेको थियो । हाल गोदाममा रहेको कम परिमाणको खाद्यान्न पनि विक्री गर्न सक्ने अवस्थामा नरहेको उनले जानकारी दिए ।   खाद्यान्न ढुवानी नहुँदा र नागरिकलाई वितरण गर्न नसक्दा आफूलाई रातभर निद्रासमेत नलाग्ने गरेको उनले बताए । यहाँ एक पटक खाद्यान्न सर्वसाधारण, बजारवासी र कर्मचारीलाई विक्री तथा वितरण गर्दा दुई हजार पाँच सय क्विन्टल आवश्यक पर्छ । भैपरी आउने कार्य जन्म, मृत्यु र कैदीबन्दीलाई पनि अब चाँडै ढुवानी नभए वितरण गर्न नसकिने अवस्था छ ।  अहिले ढुवानीका लागि सप्लायर्स सिम्रिक एयरको हेलिकोप्टर छनोट भएर सम्झौता मात्र भएको तर उक्त एयरलाइन्सले खाद्यान्न बुझेर ढुवानी गर्ने काम अगाडि नबढाएका कारण जिल्लामा खाद्यान्न समस्या देखिएको हो । सिम्रिक एयर हेलिकोप्टर लिमिटेडले हवाई मार्गबाट १० हजार क्विन्टल चामल ढुवानी गर्ने जिम्मा पाएको छ ।  सिमकोट शाखाका लागि सुर्खेतबाट ६ हजार क्विन्टल र नेपालगञ्जदेखि सिमकोटसम्म चार हजार क्विन्टल गरी १० हजार क्विन्टल चामल ढुवानी गर्ने जिम्मा पाएको हो । नेपालगञ्जबाट सिमकोटका लागि प्रतिकेजी रु एक सय ४३ र सुर्खेतबाट सिमकोटका लागि प्रतिकेजी एक रु सय ३७ रुपैयाँका दरले सम्झौता भएको थियो ।  सहरमै थन्कियो ढुवानी हुने चामल हालसम्म राष्ट्रिय सडक सञ्जालले छुन नसकेको हुम्लाको सदरमुकाम सिमकोट शाखामा पुग्नुपर्ने चामल सिम्रिक एयरले ढुवानी नगर्दा नेपागलञ्ज र सुर्खेतमै थन्किएका छन् । यसैगरी स्थलमार्गबाट तीन हजार क्विन्टल चामल ढुवानीको जिम्मा पाएको एलबी सप्लायर्सका प्रोपाइटर लोकेन्द्र भण्डारीले अहिलेसम्म ढुवानीमा चासो देखाएका छैनन् । स्थलमार्गबाटै एक हजार क्विन्टल चामल ढुवानी गर्नुपर्ने चाङला ढुवानी सेवाले पनि हालसम्म खाद्यान्न ढुवानी गरेको छैन । स्थलमार्गबाट नेपालगञ्ज हुँदै हुम्लाको सिमकोटसम्म प्रतिकेजी  ४० रुपैयाँ ६८ पैसा, सुर्खेतबाट स्थलमार्ग हुँदै सिमकोटसम्म रु ३९, धनगढीदेखि सिमकोटसम्म ४२ रुपैयाँ ९४ पैसा र राजापुर बर्दियादेखि सिमकोटसम्म ४१ रुपैयाँ ८१ पैसामा ढुवानी गर्न सम्झौता गरेको पाइएको छ ।  दुई महीनादेखि पाइएन  समयमै खाद्यान्न ढुवानी नहुँदा दुई महीनायतादेखि नियमित कोटाको पाउनुपर्ने चामल नपाइएको सिमकोट गाउँपालिका–७ डाडाँफयाका वीरबहादुर सिंहको गुनासो थियो । उक्त लिमिटेड र ढुवानीको जिम्मा पाएका सप्लायर्सले ढुवानीमा बेवास्था गर्दा सङ्कट निम्तनिुका साथै खाद्यान्न नपाएको उनले बताए । सिंहले भने, ‘नागरिकले चामल पाउन कहिले नागरिकतासमेत पेस गर्नुपर्छ त कहिले महिनौं दिनसम्म यस्तै समस्या भोग्नुपर्छ ।’ जिल्लाका राजनीतिक दलले चामलमा राजनीति गरेको तर जनताको समस्या बुझ्न नसकेको उनको गुनासो थियो ।  सिमकोट शाखाले गोदाम रित्तै हुँदा खाद्यान्न वितरण गर्न नसकेपछि सदरमुकाम सिमकोटमा बस्दै आएका विद्यार्थी, होटेल व्यवसायी, कर्मचारी, सर्वसाधरण र सिमकोट तल्लो गाउँ र माथिल्लो गाउँका नागरिकलाई थप समस्या भएको छ । सिमकोट तल्लो गाउँ र माथिल्लो गाउँका बासिन्दाको खेतीपाती कम हुने र सधैं किन्नुपर्ने खाद्यान्नको भरपर्नुपर्ने भएका कारण उनीहरूलाई समस्या निम्तिएको हो ।  यस्तै मासिक १५ केजी चामल प्रतिव्यक्ति पाउने सदरमुकामका कर्मचारीले समेत पाउन सकेका छैनन् । कोटाको चामल नपाउँदा कर्मचारीले बजारमा महँगो मूल्य तिरेर खरीद गर्नुपर्ने बाध्यता छ । सिमकोट शाखाको गोदाम खाली भएपछि उपभोक्ता खाली हात फिर्ता जान बाध्य छन् । हुम्लाका दुईवटा डिपो र चारवटा बिक्री केन्द्रमा पनि खाद्यान्न छैन । याल्वाङ र लिमी बिक्री केन्द्रबाहेक अरू बिक्री केन्द्रमा चामल पुग्न सकेको छैन । 

सम्बन्धित सामग्री

वर्षायाममा खाद्यान्न अभाव हुँदैन : उद्योग मन्त्रालय

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वर्षायाममा देशको कुनै पनि भूभागमा खाद्यान्न अभाव हुन नदिने गरी गृहकार्य भएको बताएको छ ।मन्त्रालयमातहतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौं उपत्यका तथा तराईका जिल्लाहरूमा...

‘वर्षायाममा खाद्यान्न अभाव हुन्न’

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस वर्षको वर्षायाममा कहीँकतै खाद्यान्न अभाव नहुने जनाएको छ। देशभरको गोदाममा खाद्यान्न मौज्दात रहेको, थप खाद्यान्न खरिद र ढुवानी प्रक्रिया जारी रहेको मन्त्रालयले जनाएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार हाल काठमाडौँ उपत्यका तथा तराईका जिल्लामा ३६ हजार तीन सय ५६ क्विन्टल खाद्यान्न मौज्दात छ। अतिदुर्गम तथा […]

दैलेखमा सहुलियतको खाद्यान्न अभाव

दैलेखमा पछिल्लो एक महिनादेखि सहुलियतमा बिक्री गर्ने खाद्यान्न अभाव भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जेठ ८ देखि सहुलियतको खाद्यान्न बिक्री बन्द गरेको छ। खाद्यको दैलेख शाखामा अहिले ३३५...

किमाथाङ्का नाका बन्द भएपछि खाद्यान्न अभाव

किमाथाङ्का – सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा खाद्यान्न अभाव भएको छ। कोरोना महामारीका कारण देखाउँदै चीन सरकारले किमाथाङ्का नाका तीन वर्षअघि बन्द गरेको थियो। नाका बन्द भएपछि चीनतिर बाट खाद्यान्न आयात हुन नसक्दा भोटखोलामा खाद्यान्न अभाव भएको गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए। भोटखोलामा आलु, कोदो, मकै र फापर मात्र उत्पादन हुन्छ। उत्पादित खाद्यान्नले अधिकांश […]

किमाथाङ्का नाका बन्द भएपछि खाद्यान्न अभाव

काठमाडाैं । सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । कोरोना महामारीका कारण देखाउँदै चीन सरकारले किमाथाङ्का नाका तीन वर्षअघि बन्द गरेको थियो । नाका बन्द भएपछि चीनतिर बाट खाद्यान्न आयात हुन नसक्दा भोटखोलामा खाद्यान्न अभाव भएको गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिनुभयो । भोटखोलामा आलु, कोदो, मकै र फापर मात्र उत्पादन हुन्छ । […]

संखुवासभाको उत्तरी क्षेत्रमा खाद्यान्न अभाव

२३ फागुन, विराटनगर । संखुवासभाको उत्तरी क्षेत्र भोटखोलामा खाद्यान्न अभाव भएको छ । निरन्तर परेको हिउँ नपग्लिएका कारण भोटखोला गाउँपालिकाको माथिल्लो क्षेत्र किमाथांका, थुदाम, रिदाक र छुमसुर जाने बाटो अवरुद्ध छ । र खाद्यान्न ढुवानी हुन सकेको छैन । चीनतर्फको नाका बन्द रहेको र नेपालतर्फको बाटो हिउँले ढाकेर अवरुद्ध भएका कारण २२१ घरमा खाद्यान्नको समस्या […]

अपि हिमाल गाउँपालिकामा खाद्यान्न अभाव

दार्चुला । सडक सञ्जालसँग नजोडिएको अपि हिमाल गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । गत वर्षको खडेरीका कारण उत्पादन घटेसँगै यस वर्ष गाउँपालिकामा खाद्यान्न अभाव भएको हो । सात हजार जनसङ्ख्या रहेको गाउँपालिकाका अधिकांश बस्ती भिरालो पाखो छ । ‘पाखो जमिनमा उत्पादन भएको अन्नले तीन महिना पनि खान पुग्दैन’, अपि हिमालका स्थानीय प्रेमसिंह कार्कीले भने, ‘अहिले […]

लकडाउनपछि चीनको सियान सहरमा खाद्यान्न अभाव, चुरोटसँग बन्दा साटियो

२० पुस, काठमाडौं । झण्डै दुई सातादेखि लकडाउन गरिएको चिनियाँ सहर सियानमा खाद्यान्न अभाव हुन थालेको छ । खाद्यान्न अभाव हुन थालेपछि उक्त सहरका बासिन्दाले वस्तु साटफेर गर्न थालेका छन् । डिसेम्बर २३ गतेदेखि लकडाउन गरिएको सियानमा पछिल्ला दिन खाद्यान्न अभाव भएपछि चिन्तित बनेका मानिसहरूले आपसमा सामान साटफेर (बार्टरिङ) गर्न थालेको बीबीसीले जनाएको छ । […]

फितलो तयारीले बर्सेनि खाद्यान्न अभाव

सरकारको फितलो तयारी र बेवास्ताका कारण कर्णालीमा हरेक वर्ष खाद्यान्न अभाव हुने गरेको छ। कर्णालीलगायतका दुर्गम स्थानमा खाद्यान्न ढुवानी गर्न सरकारले बजेट विनियोजन गरे पनि कमिसनको चक्करमा ढुवानी हुन नसक्दा सर्वसाधारणले समयमा चामल पाउन सकेका छैनन्।...

प्रधानमन्त्री देउवाकाे निर्देशन– बाढीपहिरो प्रभावितलाई खाद्यान्न अभाव हुन नदिनू

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो प्रभावितहरूका लागि राहत, उद्धार र खाद्यान्न अभाव हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।