काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले सभ्य र सुसंस्कृत समाज तथा समुन्नत नेपाल निर्माणतर्फ अग्रसर हुनुपर्ने बताएकी छन्। ‘क्रिसमस डे’का अवसरमा राष्ट्रिय ख्रिष्ट्रियन महासंघले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले समुदायबीच आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अभिवृद्धि गर्दै सभ्य र सुसंस्कृत समाज तथा समुन्नत नेपाल निर्माणतर्फ अग्रसर हुनुपर्नेमा जोड दिइन्। उनले विविध सांस्कृतिक पहिचान एवम् धार्मिक […]