नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिग्रेका तत्वहरु पार्टीबाट बाहिरिएको बताएका छन् । बिहीबार एमाले काठमाडौँ जिल्ला कमिटीका कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव नेपाल पक्षलाई लक्षित गर्दै सडेका र बिग्रेका तत्वहरु बाहिरिएको बताएका हुन् । ‘ सडेका, बिग्रेका तत्वहरु पार्टीबाट गए’, अध्यक्ष ओलीको टिप्पणी छ । उनले एमाले सिध्याउन खोजेपनि कार्यकर्ताले बचाएको दावी गरे । ‘एमालेलाई सिध्याउन खोजिएको थियो, तर एमालेको सचेत पंक्ति जुरुक्कै उठेर रक्षाका निम्ति उभिएकाले