काठमाडौँ : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जलविद्युत् क्षेत्रमा पाँच वर्षयता चमत्कार भएको बताएका छन्।प्रतिनिधिसभा बैठकमा आइतबार पुनले सरकार र निजी क्षेत्रको सहकार्यमा छोटै समयमा जलविद्युत् क्षेत्रमा फड्को मारेको बताए। पुनले प्रस्तावित विधेयक ल्याएकोमा सरकारको प्रशंसा गरे। ‘पछिल्लो पाँच वर्षमा हामीले चमत्कार गरेका छौं। पाँच वर्षअघि १ हजार हाराहारीमा रहेको क्षमता अहिले ३ हजार पुगेको छ’, उनले भने।उनले प्राइभेट पब्लिक पार्टनरसिप (पीपीपी) मोडल जलविद्युत् क्षेत्रमा धेर