प्रतिनिधि सभा सदस्य ठाकुर प्रसाद गैरेले प्रतिनिधि सभा बैठक बिजनेस बिहीन भएर चलिरहेको बताउनुभएको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य गैरेले प्रतिनिधि सभा बैठक बिजनेस बिहिन भएर चलिरहेको भन्दै यसप्रति प्रश्न गर्नुभयो । उहाँले बैठकमा बिजनेश नहुनुका साथै कुनै सन्दर्भ समेत नभएको बताउनु भयो । गैरेले वन्यजन्तुले मानिसलाई दुःख दिइरहेको उल्लेख […]
१ भदौ, विराटनगर । कोशी प्रदेशसभा बैठकको शून्य समयमा सांसदहरूले विभिन्न विषय उठाएका छन् । सांसद गोम्बु शेर्पाले प्रदेशमा भएका भ्रष्टाचार र अनियमितताको छानबिन गर्न माग गरे । प्रदेशभाको शून्य समयमा बोल्दै उनले केन्द्रीय सरकारले भ्रष्टाचार र अनियमितताको विरुद्ध अभियान चलाएको भन्दै प्रदेशमा पनि यस्तै अभियान चलाउनु पर्ने उनको भनाइ छ । पहिचानवादीसँग वार्ता गर्न […]
काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा नागरिकता विधेयक, सडकलगायत पूर्वाधार निर्माणमा भएको ढिलासुस्ती, मल तथा बीउबिजनमा देखिएको अभावदेखि सुकुम्बासी र भूमिहीनका विषय उठान गरिएका छन् । बैठकको शून्य समयमा बोल्दै सांसद अच्युतप्रसाद मैनालीले तराईका विभिन्न जिल्लामा रहेका स्वास्थ्य संस्थामा भएका उपकरण कामविहीन अवस्थामा रहेको र नारायणी क्षेत्रीय अस्पतालको एमआरआई मेसिन नचलेको विषय उठाए । गर्मी […]
काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदले नक्कली भुटानी शरणार्थी प्रकरणमाथि गम्भीर र यथार्थपरक छानबिनको माग गरेका छन्।
यस्तै, सांसदहरुले सुशासन प्रवर्द्धन, सेवा प्रवाहमा प्रविधिको उच्च प्रयोग, नागरिकता विधेयक प्रमाणीकरण, जातीय विभेद्को अन्त्यलगायतका विषय उठान गरेका हुन्।
सांसद बिजुला रायमाझीले अर्घाखाँचीको भूमिकास्थान–५ का बाबुराम पुन भारतको पञ्जाब…
प्रतिनिधिसभाको बैठकमा सांसदहरुले देशभरका विभिन्न क्षेत्रका सडक जीर्ण रहेको उल्लेख गर्दै स्तरोन्नतिका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकको शून्य समयमा सांसद अनिसा नेपालीले दाङ देउखुरीको सडक खुलेको दशकाँै वितिसक्दा पनि हाल जीर्ण अवस्थामा रहेकाले स्तरोन्नति गर्नका लागि माग गर्नुभयो । सांसद अम्मरबहादुर थापाले कर्णाली राजमार्ग साँघुरो भएका कारण दुर्घटना बढेको बताउँदै दुईतर्फी सवारीसाधन …
काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसदले डेङ्गु नियन्त्रणका लागि सरकारले गरिरहेको कामका बारेमा सदनलाई जानकारी गराउन माग गराएका हुन् । बैठकमा सांसद प्रेम सुवालले डेङ्गु रोगले जनता पीडित रहेको अवस्थामा यसलाई नियन्त्रण गर्न सरकारले के काम गरिरहेको छ भनेर स्वास्थ्य मन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने माग गरे । साथै उनले सबै दलले समाजवादी व्यवस्थाको विचारधारा अपनाएको […]
प्रतिनिधिसभाका सांसदहरुले नागरिकता विधेयक, बाढीपहिरो, डुबान, विपद् व्यवस्थापन, पाठ्यपुस्तक अभाव, किसानलाई मल उपलब्ध गराउनेलगायत मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।आइतबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले नागरिकता विधेयक तत्काल अघि बढाउन, मनसुन सक्रिय रहेकाले विपद् व्यवस्थापनको कार्यलाई प्राथमिकता दिन तथा किसानलाई मल उपलब्ध गराउन माग गरे । सांसद प्रमोद साहले विगत धेरै दिनदेखि नागरिकता […]
काठमाडौं : जनताका मुद्दाहरुलाई लिएर सांसदहरुले सरकारको ध्यानकर्षण गर्ने थलो हो - प्रतिनिधि सभा। नीति निर्माणमा मात्रै होइन जनताका विभिन्न मुद्दाहरु पनि सांसदको सरोकारका विषय हुन्। सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले सांसदले उठाएका प्रश्नको जवाफसमेत दिने व्यवस्था छ, संसदमा।
बिहीबारको प्रतिनिधि सभाको बैठकमा पनि सांसदहरुले विभिन्न विषयहरु उठाए। नेकपा(एकीकृत समाजवादी)कि सांसद समीना…
काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा सांसदले शून्य समयमा उठाएका समस्याको समाधान गर्ने तर्फ कुनै काम नभएको गुनासो गरेका छन्। बैठकमा सांसद गोपालबहादुर बमले चार वर्षदेखि जिल्लाका समस्याबारे कुरा उठाए पनि कुनै समस्या सुनुवाइ नभएको बताएका हुन्।
मुगुबाट निर्वाचित बमले आफूले आफ्नो क्षेत्रको विषय जहिलै उठाइरहेको भए पनि सरकारले ध्यान नदिएको भन्दै सभामुखको ध्यानाकर्षण…
काठमाडौं । नेकपा एमालेका सांसदहरुले प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै बैठक अवरोध गरेपछि सभामुख अग्नी सापकोटाले प्रतिनिधिभसा नियमावलीको विषय पटक पटक उठाए । सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै एमाले सांसदले नारावाजी गर्न थालेपछि सभामुख सापकोटाले नियमावलीको नियम २१ को खण्ड ख र घ अकर्षित गरेको बताए । सभामुखले आकर्षित गर्न खोजेको नियमावलीको सो प्रावधानको खण्ड खमा सभामुखले […]
The post एमाले सांसदमाथि किन उठाए सभामुखले आचरणको प्रश्न ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.