अतिक्रमित जमिन खाली गर्दै सुदूरपश्चिम विश्वविद्यालय
सुदूरपश्चिम विश्वविद्यालयले आफू मातहतका आङ्गिक क्याम्पसको अतिक्रमित सयौंँ बिघा जमिन खाली गराउन पहल थालेको छ । सार्वजनिक जग्गा तथा सम्पत्ति संरक्षणलाई तीव्रता दिएसँगै विश्वविद्यालयले आङ्गिक क्याम्पसअन्तर्गतका अतिक्रमित जमिन खाली गराउन पहल थालेको हो ।
२० चैत, काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयको रिक्त उपकुलपति पदको लागि २० जनाको आवेदन स्वीकृत भएको छ । उपकुलपति नियुत्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिका अनुसार सुदूरपश्चिम विश्वविद्यालयको लागि १० जना र मध्यपश्चिम विश्वविद्यालयको लागि १० जनाको आवेदन स्वीकृत भएको हो । सुदूरपश्चिम विश्वविद्यालयको रिक्त उपकुलपति पदको लागि प्रा.डा. […]
२५ माघ, काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयमा पनि उपकुलपति पद एक महिनाभित्र रिक्त हुने भएको छ । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिको कार्यकाल १८ फागुनमा र मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिको कार्यकाल १७ फागुनमा सकिँदैछ । १७ फागुनमा नै उपकुलपति पद रिक्त हुन लागेको पूर्वाञ्चल विश्वविद्यालयमा भने उपकुलपति नियुक्ति प्रक्रिया अघि बढिसकेको छ । एकैजसो मितिमा उपकुलपति […]
काठमाडौँ, माघ १७ । सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले चौथो दीक्षान्त समारोह २०८० का लागि आवेदन खुला गरेको छ । २०७९ साल मंसिरदेखि २०८० माघ १५ गतेसम्म उत्तीर्ण गरेका स्नातक तहदेखि स्नातकोत्तर तहसम्मका विद्यार्थीलाई आवेदन आह्वान गरेको हो । सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरूले […]
कञ्चनपुर : सुदूरपश्चिम विश्वविद्यालयले सुदूरपश्चिमका लोककथा सङ्कलन गरेर प्रकाशनमा ल्याउने भएको छ। विश्वविद्यालयले अन्य शैक्षिक र प्राज्ञिक गतिविधिमा यस क्षेत्रका भाषा, संस्कृति र साहित्यको अनुसन्धान र संरक्षण गरी अघि बढाउने क्रममा सुदूरपश्चिमका लोककथाको सङ्कलन गरेर प्रकाशनमा ल्याउन लागेको हो। सुदूरपश्चिम विश्वविद्यालयको भाषा, साहित्य तथा संस्कृति अध्ययन केन्द्रका निर्देशक डा हरिशचन्द्र भट्टले सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका लोककथा सङ्कलन गरेर प्रकाशनको अन्तिम तयारीमा पुगेको बताए।‘
सुदूरपश्चिम विश्वविद्यालय प्राध्यापक संघको सभापतिमा डा. राजवीर चन्द निर्वाचित भएका छन्। चन्दसहितका पदाधिकारी सदस्य एकल संक्रमणीय चुनावी प्रणालीबाट निर्वाचित भएका हुन्।
उपसभापतिमा महेन्द्रबहादुर चन्द, महासचिवमा मानबहादुर चन्द, सचिव ईश्वरकुमार हमाल, कोषाध्यक्ष...
काठमाडौं। सुदूरपश्चिम विश्वविद्यालयले आगामी मंसिरमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ। अक्सफोर्ड विश्वविद्यालय र ब्रिटेन नेपाल एकेडेमिक काउन्सिलसँगको समन्वयमा मङ्सिर २६, २७ र २८ गते सम्मेलन गरिने भएको छ। सुदूरपश्चिम विश्वविद्यालयले स्थापनाको १२ वर्षपछि पहिलो पटक अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्न लागेको हो। सुदूरपश्चिममा सम्पदा, नवप्रवर्तन र रूपान्तरणको अध्ययनका विषयमा केन्द्रित हुने सम्मेलनमा विभिन्न नौ देश विद्वानहरूले कार्यपत्र प्रस्तुत गर्नेछन्।
कञ्चनपुर– सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकाय विद्यार्थीको रोजाइमा पर्न थालेको छ । कैलालीको टीकापुरमा सञ्चालित विश्वविद्यालयको कृषि संकायमा ५२ जिल्लाका १०० बढी विद्यार्थी अध्ययनरत रहेका छन् । त्यहाँ सत्र उपप्राध्यापकले पठनपाठन गराउँदै आएका छन् । चार वर्ष अघिदेखि सञ्चालन हुँदै आएको कृषि सङ्कायमा मनाङ, मुस्ताङ, ताप्लेजुङलगायत हिमाली जिल्लासँगै देशका विभिन्न क्षेत्रका विद्यार्थी भर्ना भई अध्ययन गर्दै […]
कञ्चनपुर : सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक आन्दोलनमा उत्रिएका छन्। विश्वविद्यालय प्राध्यापक संघमा आवद्ध प्राध्यापकहरू विश्वविद्यालयमा देखिएको विद्यमान गतिरोध अन्त्य गरी समायोजन प्रकृया र प्राध्यापकको वृति विकाससँग सम्बन्धी सम्पूर्ण प्रक्रिया कार्यान्वयनको माग गर्दै रिले अनसनमा बसेका हुन्। सुदूरपश्चिम विश्वविद्यालय प्राध्यापक संघका सभापति उत्तम थापाले नवौं सिनेट बैठकमा गरिएका निर्णयहरू प्राध्यापक कर्मचारीविरुद्ध भएकाले आन्दोलनमा उत्रिनु परेको बताए।‘सिनेट बैठकका एजेण्डामा म
२८ साउन, धनगढी । कैलालीको गेटामा निर्माणाधीन अवस्थामा रहेको गेटा मेडिकल कलेजलाई सुदूरपश्चिम विश्वविद्यालय मातहत ल्याउन माग गरिएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै विभिन्न आठ विद्यार्थी संगठनले मेडिकल कलेजलाई सुदूरपश्चिम विश्वविद्यालय मातहत ल्याएर सञ्चालन गर्न माग गरेका हुन् । गेटालाई मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा सञ्चालन […]