झापा : सेफ्टी ट्याङ्की गाडीले ठक्कर दिँदा झापामा एक साइकल यात्रीको मृत्यु भएको छ।मृत्यु हुनेमा भद्रपुर नगरपालिका–६ निवासी ६० वर्षीय महेशसिंह राजवंशी रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।प्रहरीका अनुसार बुधबार बिहान भद्रपुर–४ स्थित रंगेडाडामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १६६३ नम्बरको सेफ्टी ट्यांकीको गाडीले विपरीत दिशाबाट आउँदै गरेका साइकल यात्री राजवंशीलाई ठक्कर दिएको थियो । गाडीको ठक्करबाट सिकिस्त भएका साइकल यात्री राजवंशीलाई तत्काल उपचारका लाग