सिरहामा नक्कली नोटसहित भारतीय युवक पक्राउ परेका छन् । बरियारपट्टी गाउँपालिका-१ बडहरीबाट नेपाली रुपैयाँ ५ सय दरको ४ थान नक्कली नोटसहित भारत घर भएका १९ वर्षीय राजु सहनीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । बडहरीस्थित दशगजामा लागेको इन्द्र पूजा मेला हेर्न आएका राजुलाई प्रहरी चौकी कचनारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त नक्कली नोट फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनी सवार बीआर ३२ एएफ ५१०१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धा