ललितपुर – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनले आउँदाे वैशाख ३० गते हुने पालिका चुनाव सार्ने षड्यन्त्र गरिरहेको आरोप लगाउनुभएको छ । अध्यक्ष ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई देखाएर सरकारले पालिका चुनाव सार्ने षड्यन्त्र गरिरहेको तर्क गर्नुभयो ।
नेकपा एमाले जिल्ला कमिटी ललितपुरले आज मङ्गलवार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले पालिका चुनाव सार्ने षड्यन्त्रको मतियार नबन्न पनि विप्लव नेतृत्वको नेकपालाई आग्रह गर्नुभयो । अध्यक्ष ओलीले चुनाव सारेर पा...