राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले बिरामीको औषधि उपचारबापतको रकम भुक्तानी नगर्दा म्याग्दीको बेनी अस्पतालमा समस्या भएको छ । अस्पतालले गत पुसदेखि स्वास्थ्य बिमा गरेका बिरामीको उपचारबापतको तीन करोड भुक्तानी पाएको छैन ।
झापा बिर्तामोडस्थित बिएण्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरका कार्यकारी निर्देशक दुर्गा प्रसाईँले स्वास्थ्य बिमा कार्यक्रम मार्फत नेपाल सरकारबाट आफुले ४५ करोड बढी रकम भुक्तानी नपाएको दाबी गरेका छन्।...
काठमाडौं। प्रमुख प्रतिपक्षी दल स्वासथ्य बिमा कार्यक्रम निजी क्षेत्रलाई दिने सरकारको तयारी भइरहेको भन्दै आपत्ति जनाएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै एमाले सांसद योगेश भट्टराईले स्वास्थ्य बिमा कार्यक्रम व्यवसायिक बिमा नभएर सामाजिक सेवा कार्यक्रम रहेको भन्दै निजी क्षेत्रलाई जिम्मा दिने सरकारको तयारीप्रति आपत्ति जनाएका हुन् । पछिल्लो समय बिमाबापतको रकम भुक्तानी […]
काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले बिमा कार्यक्रम स्थगन गरेका सेवा प्रदायक स्वास्थ्य संस्थालाई नियमित रुपमा बिमितहरूलाई सेवा प्रदान गर्न आग्रह गरेको छ । केही दिनअघि स्वास्थ्य बिमाबापतको रकम नपाएको र सोको रकम भुक्तानी नभएको भन्दै केही अस्पतालहरूले बीमा कार्यक्रम स्थगन गरेका थिए । बिहीबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य बिमा बोर्डले आ.व.२०७८/०७९ मा विगत वर्षका बाँकी […]
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले स्वास्थ्य बिमा गरेका नागरिकको उपचार रकम सरकारले असार २० गतेसम्म भुक्तानी नगरे उपचार सेवा बन्द गर्ने चेतावनी दिएका छन् । बुधवार आयोजित पत्रकार सम्मेलनमा बीएण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईँले सरकारले असार २० गतेसम्म रकम भुक्तानी नगरे स्वास्थ्य सेवा बन्द गर्ने बताए । उनले सरकारी अस्पतालमा ८ करोड […]
स्वास्थ्य बिमा बोर्डले समयमा रकम भुक्तानी नगर्दा स्वास्थ्य बिमा कार्यक्रम धान्न मुस्किल परेको धुलिखेल अस्पतालले जनाएको छ । जेठ मसान्तसम्म बोर्डले अस्पताललाई उपचार र औषधिबापत २५ करोड ७८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । असार मसान्तसम्म भुक्तानी नभए साउन १ बाट सेवा स्वतः बन्द हुने अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश मकाजूले बताए ।
काठमाडौं । त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम अन्तरगत दिँदै आएको सुविधा स्थगित गर्ने भएको छ । कार्यक्रम अन्तरगत बिमितहरुको उपचार गरे बापतको सरकारले दिनुपर्ने रकम भुक्तानी नभएपछि कार्यक्रम असार १५ गतेबाट गर्ने भएको हाे । २०७७ मंसिर देखि सेवा लिएका बिरामीहरूको उपचार गरेबापत स्वास्थ्य बिमा बोर्डले रकम भुक्तानी नगरेको अस्पतालले जनाएको छ । अस्पतालले […]
काठमाडौं : स्वास्थ्य बिमाअन्तर्गत सेवा दिन सरकारले सूचीकृत गरेका स्वास्थ्य संस्थाहरूले भुक्तानी पाउन सकेका छैनन्। स्वास्थ्य बिमा सेवा दिएबापत सूचीकृत स्वास्थ्य संस्थाहरूलाई सरकारले दुई अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी दिन बाँकी रहेको हो। हाल देशभर ४२९ वटा सेवाप्रदायक स्वास्थ्य संस्थाहरूले स्वास्थ्य बिमासम्बन्धी सेवा दिइरहेका छन्।स्वास्थ्य बिमा बोर्डले भने बजेट पास नभएको अवस्थामा बिमा सेवा दिएबापत अस्पतालहरूलाई दिनुपर्ने भुक्तानी दिन ढिलाइ भएको बताएको छ।बोर्डका सूचना अधिकारी डा माधव