दाङ : उच्च अदालत तुलसीपुरले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन परमादेश जारी गरेको छ।कोरोना भाइरसको संक्रमण फैलिन नदिँन र जोखिम नियन्त्रणको लागि लुम्बिनी प्रदेश सरकार, प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका नाममा सोमबार परमादेश जारी गरिएको हो। कोरोनासम्बन्धी गरिएको गतिबिधिलाई वेवसाइटमा राख्न र आजको मितिले प्रदेशस्तरीय कन्ट्रोल रुम बनाउन परमादेशमा उल्लेख छ।प्रदेश अन्तरर्गत प्रमुख जिल्ला अधिकारी, जनस्वास्थ्य कार्यालय, स्वास्थ्य केन्द्र, सामुदायिक तथा नीजि अस्पताल, स्