डा. सन्दुक, ओखतीमुलो गर्दागर्दै रित्तिएका गरिबका सन्दुक नेताहरूको आँखाले कहिले देख्छ ?

आँखाका विश्वविख्यात चिकित्सक डाक्टर सन्दुक रुइतलाई बहराइन सरकारले १० लाख डलर राशिको इसा अवार्ड प्रदान गरेको छ । १३ करोड रुपैयाँभन्दा माथिको यो प्रतिष्ठित, स्वतन्त्र, अन्तर्राष्ट्रिय अवार्डले विशेष अर्थ राख्छ । सबैभन्दा पहिला त डा. रुइतलाई हार्दिक बधाइ र शुभकामना छ । संसारलाई देखाउन लायक दुर्लभ नेपाली पात्र बन्नु भएकामा उहाँसँगै ने...

सम्बन्धित सामग्री

नेविसंघद्वारा डा सन्दुक रुइतको जीवनी कक्षा १० को नेपाली विषयमा राख्नुपर्ने माग

नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ(नेविसंघ)ले विगतमा कक्षा १० को नेपाली विषयबाट हटाइएको वरिष्ठ नेत्र रोग विशेषज्ञ डा सन्दुक रुइतको जीवनीलाई फेरि समावेश गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

रघुजी पन्तकाे प्रश्न- पाठ्यक्रमबाट डा.रूइतको जीवनी किन हटाइयो ? (भिडियो)

कक्षा १० को पाठ्यक्रमबाट डा. सन्दुक रूइतको जीवनी हटाइएको विषय संसदमा प्रवेश गरेको छ ।

डा सन्दुक रुइत ओलाङ्चुङगोला फर्किँदा...

आँखारोग विशेषज्ञ भएपछि विभिन्न समयमा यहाँ पुगेका डा रुइत हालै विश्व प्रतिष्ठित ‘इशा अवार्ड’ प्राप्त गरेपछि पहिलोपटक सोमबार आफ्नो जन्मथलो ओलाङचुङगोलामा पुगेका हुन्। उनी लेलेपको इलाडाँडाबाट पैदल हिँडेरै आफ्नो गाउँमा पुगे।

डा सन्दुक रुइतलाई बहराइनमा ‘इसा अवार्ड’ प्रदान

तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक तथा वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइत ‘इसा अवार्ड’बाट सम्मानित भएका छन्।

डा. सन्दुक रुइत भन्छन्- राष्ट्रपति पद मेरो लागि होइन (भिडिओ)

वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले देशको राष्ट्रपति पदमा जान अनिच्छा व्यक्त गरेका छन् ।

डा सन्दुक रुइतसहित ३ डाक्टर सम्मानित

नेपाल आँखा अस्पताल र नेपाल नेत्रज्योति सङ्घले ‘भिजन एक्सलेन्स अवार्ड’बाट तीन डाक्टरलाई सम्मान गरेको छ । अस्पताल र सङ्घले आँखा स्वास्थ्य सेवाका लागि वकालत गरेको भन्दै आज डा सन्दुक रुइत, प्राडा रामप्रसाद पोखरेल र डा गोपालप्रसाद पोखरेललाई सम्मान गरेको हो ।  उनीहरुलाई पूर्वराष्ट्रपति डा रामवरण यादवले सम्मान गरेका हुन् । कार्यक्रममा पूर्वराष्ट्रपति डा यादवले आँखामा हुने रोग जटिल भएको भन्दै आँखाको स्वास्थ्यका लागि सबैले ध्यान दिनुपर्ने उल्लेख गरे ।

डा. सन्दुक रुइतलाई भारतकाे पद्मश्री सम्मान

भारत सरकारले नेपाली नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई पद्मश्री पुरस्कारबाट सम्मान गर्ने घोषणा गरेको छ।