काठमाण्डाै – वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले राष्ट्रपति पद आफ्ना लागि नभएकाे बताउनुभएको छ ।बुधवार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नमा डा. रुइतले राष्ट्रपति पदमा आफ्नो इच्छा नरहेको बताउनुभएको हो । उहाँले आफूले गर्ने कामको बारेमा राम्रोसँग जानकार रहेको र राष्ट्रपति पदमा गएरभन्दा बाहिर रहेर नै आफूले गर्नुपर्ने काम धेरै रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘लोकतन्त्रमा राष्ट्रपतिको क्रेडेन्सियल र क्रेडिबिलिटी निकै ठूलो हुन्छ, चाहे रबर स्टाम्प नै किन नहोस् । हामी सबै मिलेर राष्ट्रपतिको गरिमा बढाउन...