बढे दम र निमोनियाका बिरामी

प्रदूषण बढेसँगै राजधानीमा दम र निमोनियाका बिरामीको संख्या बढ्न थालेको छ । थानकोटकी ६० वर्षीया जानुका ढुंगाना छातीमा समस्या भएर उपचारका लागि आइतबार वीर अस्पतालको इमर्जेन्सीमा पुगिन् । उनका छोरा भीमप्रसादका अनुसार जानुका दमको बिरामी हुन् ।

सम्बन्धित सामग्री

चिसोका कारण दम र निमोनियाका बिरामी बढे

धारा चाँदनी – पछिल्लो एक सातायता बढ्दो चिसोका कारण कञ्चनपुरमा मौसमी बिरामीको संख्या बढेको छ। चिसोले गर्दा दम, निमोनिया, रुघाखोकीजस्ता मौसमी बिरामीको सङ्ख्या बढेको महाकाली प्रादेशिक अस्पतालले जनाएको छ। उक्त अस्पतालका सूचना अधिकारी उषा भट्टका अनुसार अहिले अस्पतालमा दैनिक तीनदेखि चार सय बिरामी उपचारका लागि आउने गरेका छन्। ‘चिसो सुरु भएदेखि दम, निमोनियाजस्ता मौसमी बिरामीको […]

चिसोका कारण दम र निमोनियाका बिरामी बढे

धारा चाँदनी । पछिल्लो एक सातायता बढ्दो चिसोका कारण कञ्चनपुरमा मौसमी बिरामीको सङ्ख्या बढेको छ । चिसोले गर्दा दम, निमोनिया, रुघाखोकीजस्ता मौसमी बिरामीको सङ्ख्या बढेको महाकाली प्रादेशिक अस्पतालले जनाएको छ उक्त अस्पतालका सूचना अधिकारी उषा भट्टका अनुसार अहिले अस्पतालमा दैनिक तीनदेखि चार सय बिरामी उपचारका लागि आउने गरेका छन् ।

चिसोका कारण महोत्तरीमा बढे बिरामी

महोत्तरीमा चिसोका कारण बिरामीको संख्या बढ्न थालेको छ । बाक्लो हुस्सु र कुहिरो लागेका मौसम प्रतिकूल बन्दै गएपछि चिसोका कारण बिरामीको संख्या बढ्न थालेको हो । एक सातादेखि स्थानीय अस्पतालमा समेत बिरामीको चाप बढ्न थालेको स्वास्थ्यकर्मीकहरुले बताएका छन् । चिसोका कारण ज्वरो, रुघाखोकी, दम, कोल्ड डायरिया लगायतका बिरामीको संख्या बढेको उनीहरूको भनाइ छ ।  चिसो बढ्न थालेपछि बालबालिका, ज्येष्ठ नागरिक र सुत्केरी महिला प्रभावित भएका छन् ।  कमजोर आर्थिक अवस्था भएकाहरू समेत जाडोको चपेटामा परेका छन्

चिसोका कारण महोत्तरीमा बिरामी बढे

जलेश्वर : एक सातादेखि बढेको चिसोको कारण महोत्तरी जिल्ला अस्पतालमा बिरामीको संख्या बढेको छ। चिसो हावा, हुस्सु र बाक्लो कुहिरोका कारण यहाँको जनजीवन असहज भएको हो। जिल्ला अस्पतालमा उपचारको लागि पहिलेभन्दा बढी बिरामी आउन थालेको मेडिकल सुपरिटेन्डेन्ट डा.सतीश साहले बताए। चिसोकै कारण यहाँका स्वास्थ्य केन्द्रलगायत जिल्ला अस्पतालमा ज्वरो, रुघाखोकी, दम, कोल्ड डायरियाका बिरामीको संख्या बढेको छ।सामान्य अवस्थामा औसतमा ४०/५०  बिरामी उपचारका लागि आउने गरेकोमा पछिल्लो समय दैनिक १५० सम्म

तनहुँमा भाइरल ज्वरो र अन्य सङ्क्रमणका बिरामी बढे

तनहुँमा भाइरल ज्वरो र अन्य सङ्क्रणमा बिरामी बढेका छन् । बिरामीको चाप धेरै भएकोले सरकारी तथा निजी क्लिनिकमा भीडभाड भएको छ । जिल्लाभर ज्वरो आउने रुघाखोकी लाग्ने, टाउको तथा घाँटी दुख्ने समस्या भएका बिरामी बढिरहेका छन् । डुम्रे, आँबुखैरेनी, भिमाद, खैरेनीटार, दुलगौंडा जस्ता मुख्य बजार तथा ग्रामिण क्षेत्रका स्वास्थ्य सस्थामा विरामी बढेका हुन् । कोरोना सङ्क्रमण फेरी उकाली लागिरहेकै बेला सङ्क्रमणसँग मिल्दोजुल्दो लक्ष्यण भएका बिरामी बढ्न थालेको दमौली अस्पतालकी डा. सैंजु श्रेष्ठले जानकारी दिनुभयो । ज्वरो, भाइरल फिवर, दम, झाडापखाला, टाइफाइडजस्ता रोगका बिरामीको सङ्ख्या बढेको अस्पतालले जनाएको छ । पहिलेभन्दा दोब्बर बढी बिरामी अस्पतालमा अाइरहेको डा.सैंजुले बताउनुभयो ।

बैतडीमा बढे चिसोका बिरामी

बैतडी : केही दिनयता चिसो बढेसँगै बैतडी जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप बढेको छ। जिल्ला अस्पताल बैतडीका प्रमुख डा. जगदीशचन्द्र विष्टका अनुसार अस्पतालमा दैनिक ७० जनाभन्दा बढी बिरामी आउने गरेका छन्।  बिरामीमध्ये रुघाखोकी, ज्वरो, दम र निमोनियाका बढी भएको अस्पतालले जनाएको छ।  दोगडाकेदार गाउँपा...