तनहुँमा भाइरल ज्वरो र अन्य सङ्क्रमणका बिरामी बढे

तनहुँमा भाइरल ज्वरो र अन्य सङ्क्रणमा बिरामी बढेका छन् । बिरामीको चाप धेरै भएकोले सरकारी तथा निजी क्लिनिकमा भीडभाड भएको छ । जिल्लाभर ज्वरो आउने रुघाखोकी लाग्ने, टाउको तथा घाँटी दुख्ने समस्या भएका बिरामी बढिरहेका छन् । डुम्रे, आँबुखैरेनी, भिमाद, खैरेनीटार, दुलगौंडा जस्ता मुख्य बजार तथा ग्रामिण क्षेत्रका स्वास्थ्य सस्थामा विरामी बढेका हुन् । कोरोना सङ्क्रमण फेरी उकाली लागिरहेकै बेला सङ्क्रमणसँग मिल्दोजुल्दो लक्ष्यण भएका बिरामी बढ्न थालेको दमौली अस्पतालकी डा. सैंजु श्रेष्ठले जानकारी दिनुभयो । ज्वरो, भाइरल फिवर, दम, झाडापखाला, टाइफाइडजस्ता रोगका बिरामीको सङ्ख्या बढेको अस्पतालले जनाएको छ । पहिलेभन्दा दोब्बर बढी बिरामी अस्पतालमा अाइरहेको डा.सैंजुले बताउनुभयो ।

सम्बन्धित सामग्री

बैतडीमा बढे भाइरल ज्वरो र रुघाखोकीका बिरामी

जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा हाल भाइरल ज्वरोका बिरामी धेरै आउने गरेका छन्। जिल्ला अस्पताल बैतडीमा दैनिक एक सयको हाराहारीमा बिरामी उपचारको लागि आउने गरेका छन्।...

बैतडीमा भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढे

१७ साउन, बैतडी । मौसममा आएको परिवर्तनसँगै बैतडीका स्वास्थ्य संस्था र अस्पतालमा भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामीको सङ्ख्या बढेको छ । लगातारको वर्षाका कारण यहाँ भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढेका हुन् । जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा हाल भाइरल ज्वरोका बिरामी बढी आउने गरेका छन् । जिल्ला अस्पताल बैतडीमा हाल एक सयको हाराहारीमा […]

भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढे

काठमाडौँ,१७ साउन । मौसममा आएको परिवर्तनसँगै बैतडीका स्वास्थ्य संस्था र अस्पतालमा भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामीको सङ्ख्या बढेको छ । लगातारको वर्षाका कारण यहाँ भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढेका हुन् । जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा हाल भाइरल ज्वरोका बिरामी बढी आउने गरेका छन् । जिल्ला अस्पताल बैतडीमा हाल एक सयको हाराहारीमा बिरामी […]

बैतडीमा बढे भाइरल ज्वरो र रुघाखोकीका बिरामी

बैतडी : मौसममा आएको परिवर्तनसँगै बैतडीका स्वास्थ्य संस्था र अस्पतालमा भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामीको संख्या बढेको छ। लगातारको वर्षाका कारण यहाँ भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढेका हुन्।जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा हाल भाइरल ज्वरोका बिरामी धेरै आउने गरेका छन्। जिल्ला अस्पताल बैतडीमा हाल १ सयको हाराहारीमा बिरामी उपचारको लागि आउने गरेका छन्। जसमध्ये आधामा भाइरल ज्वरो देखिएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए।‘पहिलेको तुलनामा बिरामीको संख्

सप्तरीमा भाइरल ज्वरोका बिरामी बढ्दै

बढ्दो गर्मीसँगै सप्तरीमा भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढेका छन्। सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिँह अस्पतालमा अहिले भाइरल ज्वरो, टाइफाड, पखाला, रुघाखोकी, सर्पदंशलगायत बिभिन्न रोगका बिरामीको चाप बढ्दै गएको अस्पतालले जनाइएको छ।...

भाइरल ज्वरोका बिरामी बढ्दै, शय्याको समेत अभाव

बढ्दो गर्मीसँगै सप्तरीमा भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढेका छन् । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिँह अस्पतालमा अहिले भाइरल ज्वरो, टाइफाड, पखाला, रुघाखोकी, सर्पदंशलगायत बिभिन्न रोगका  बिरामीको चाप बढ्दै गएको अस्पतालले जनाइएको छ ।केही दिनयता उपचारका लागि अस्पताल आउनेमा भाइरल ज्वरोका बिरामी बढेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रञ्जीत झाले बताए । एक सातादेखि अस्पतालमा ज्वरो, रुघाखोकीलगायत भाइरलका बिरामीको सङ्ख्या बढेको छ । यसबाट विशेषगरी बालबालिका तथा महिला बढी प्रभावित भएको उनको भ

भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढ्दै

विनोदसिंह विष्ट, बैतडी । बैतडीका स्वास्थ्य संस्था र अस्पतालहरुमा भाइरल ज्वरो तथा मौसमी रुघाखोकीका बिरामी ह्वात्तै बढेका छन् । लगातारको वर्षा तथा मौसम परिवर्तन भएसँगै भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढेका हुन् । जिल्ला अस्पताल बैतडीमा हाल १ सयको हाराहारीमा बिरामी उपचारको लागि आउने गरेका छन् । जसमध्ये आधामा भाइरल ज्वरो देखापर्ने गरेको जिल्ला […]

बैतडीमा भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढे

यहाँका स्वास्थ्य संस्था र अस्पतालमा भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामीको सङ्ख्या बढेको छ । लगातारको वर्षा तथा मौसम परिवर्तन भएसँगै यहाँ भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढेका स्वास्थ्यकर्मीले बताएका छन् ।  जिल्ला अस्पतालमा हाल एक सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् । त्यसमध्ये आधा जतिमा भाइरल ज्वरो देखापर्ने गरेको जिल्ला अस्पतालका प्रमुख डा.वसन्तराज जोशीले जानकारी दिए । पहिलेको तुलनामा बिरामीको सङ्ख्या बढ्दै गएको छ । लक्षणहरु कोरोनासँग मिल्दोजुल्दा हुने गरेको भए पनि क

खाँदबारी कारागारमा भाइरल ज्वरोको प्रकोप, ८० जना कैदीबन्दी बिरामी

संखुवासभा : संखुवासभाको जिल्ला कारागारका कैन्दीबन्दीमा भाइरल ज्वरो र रुघाखोकीको प्रकोप देखिएको छ। भाइरल ज्वरोको प्रकोपले कारागारका अधिकांश कैदीबन्दी बिरामी भएका छन्।केही दिनयता कैदीबन्दीहरूमा भाइरल ज्वरो र रुघाखोकीका कारण ८० जना कैदीबन्दी बिरामी परेको जिल्ला कारागार खाँदबारीका प्रमुख जेलर विनोद अधिकारीले जानकारी दिए। कारागारमा १ नाबालिका सहित एक सय ५४ जना कैदीबन्दी रहेका छन्।‘घ’ श्रेणीको कारागारको क्षमता २५ जना रहेपनि ६ गुणा बढी कैदीबन्दी भएपछि उनीहरूलाई सुत्ने र खान बस्नको समस्या रह

भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामी बढे

चितवनका अस्पतालमा ज्वरोका बिरामीको सङ्ख्या बढेका छन् । भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामीको सङ्ख्या बढेको हो । मौसम परिवर्तन भएसँगै अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप बढेको हो ।भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार अहिले अस्पतालमा उपचार गराउन आउनेमध्ये जनरल मेडिसिन विभागमा आउने बिरामीको सङ्ख्या १०० भन्दा बढी छ ।  पहिलेको तुलनामा यो सङ्ख्या बढी हो । लक्षण कारोनासँग मिल्दोजुल्दो भएको तर कोरोना नभई भाइरल ज्वरो रहेको उहाँले जानकारी दिए ।भरतपुर अस्पतालको जनरल मेडिसिनमा अहिले