काठमाडौं : मंगलवार कमेडियन आदर्श मिश्राले बाबु गुमाए। उनका बाबु विनोद मिश्रा मिर्गौलाका बिरामी थिए। चार वर्षदेखि उनको मिर्गौलाले काम गर्न छोडेको थियो। बाबुको मृत्युपछि मिश्राले अस्पतालको लापरबाहीका कारण बाबुको मृत्यु भएको आदर्शले आरोप लगाएका छन्।आदर्शले युट्युबमा एउटा भावुक भिडियो पोष्ट गरेका छन्। भिडियोमा उनले बाबुको उपचारका क्रममा परिवारले खेप्नुपरेको भुक्तमानको वर्णन गर्दै देशको स्वास्थ्य प्रणालीको आलोचना गरेका छन्। वीरगञ्जस्थित नेशनल मेडिकल कलेज (एनएमसी) ले