डेंगुबारे भक्तपुरमा जनचेतनामूलक र्याली

संक्रामक डेंगु रोगबारे जनचेतना अभिवृद्धिका लागि भक्तपुर नगरपालिकाले जनचेतनामूलक शनिबार र्याली आयोजना गरेको छ । भक्तपुर नगरको दुधपाटीबाट सुरु भएको र्‍यालीमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी एवं सहकारीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो । ठाउँ ठाउँमा चुन, फिंडेल छर्कदै, पर्चा वितरण र पम्प्लेटहरु झुण्ड्याउँदै डेंगु रोग रोकथाममा सचेतना अभियान सञ्चालन गरेका हुन् । लामखुटे, भुसुना प्राणी हुन्, यिनको टोकाईले स्वास्थ्यमा ठूलो खतरा ल्याउन सक्छ भन्दै विभिन्न

सम्बन्धित सामग्री

देश विकास गर्न नसक्ने प्रधानमन्त्रीलाई राजीनामा दिन सुझाव

काठमाडौँ : नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई देश विकास गर्न नसके राजीनामा दिन सुझाव दिएका छन्।२६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा मंगलवार भक्तपुरमा आयोजित जनचेतनामूलक शैक्षिक प्रदर्शनीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। प्रधानमन्त्री दाहालले केही दिनअघि आफू प्रधानमन्त्री बनेको एक वर्ष मात्रै भएको र देशको अर्थतन्त्र आफूले अहिलेको अवस्थामा नपुर्‍याएको बताएका थिए।सुवालले उनलाई सुधारका काम गर्न नसके राजीनामा दिएर घरमा बस्न सुझा

डेंगीबारे भक्तपुरमा जनचेतनामूलक र्‍याली

भक्तपुर – संक्रामक डेंगी रोगबारे जनचेतना अभिवृद्धिका लागि भक्तपुर नगरपालिकाले जनचेतनामूलक शनिबार र्‍याली आयोजना गरेको छ। भक्तपुर नगरको दुधपाटीबाट सुरु भएकोे र्‍यालीमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी एवं सहकारीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो। ठाउँठाउँमा चुन, फिंडेल छर्कदै, पर्चा वितरण र पम्प्लेटहरु झुण्ड्याउँदै डेंगी रोग रोकथाममा सचेतना अभियान सञ्चालन गरेका हुन्। लामखुटे, भुसुना प्राणी हुन्, यिनको […]

विश्व मुटु दिवसको अवसरमा भक्तपुरमा स्वास्थ्य शिविर

काठमाडाैं (अस) । विश्व मुटु दिवसको अवरसमा भक्तपुरमा भक्तपुरमा जनचेतनामूलक कार्यक्रमका साथै मुटु तथा दन्तशिविर आयोजना गरिएको छ । लायन्स क्लब अफ काठमाडाैं लर्डबुद्धको आयोजना, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा टान्सप्लाण्ट सेन्टर र नेपाल कोरिया मैत्री अस्पतालको प्राविधिक सहयोगमा बुधवार मध्यपुरथिमी–४ लायकुस्थित बुधवार आदर्श उच्चमाविमा उक्त कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा करीब ४०० जनाको मुटु तथा ५० जनाको दन्त परीक्षण गरिएको बताइएको छ । शिविर उद्घाटन गर्दै नेपाल मेडिकल काउन्सिलका अध्यक्ष वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइरालाले मुटुरोगका कारण देशभर वर्षेनि ३० हजार जनाको मृत्यु हुने गरेको जानकारी दिँदै मुटुरोग लाग्न नदिन खानपान तथा जीवनशैली सन्तुलित राख्न आग्रह गरे । रोग लागेर उपचार गर्न जानुभन्दा पहिले नै सचेत हुन सके आफ्नो स्वास्थ्यलाई सुरक्षित राख्न सकिने उनले बताए । लायन्स क्लब अफ काठमाडाैं लर्डबुद्धका संस्थापक अध्यक्ष तथा डिस्ट्रिक ३२५ बी वानका चार्टर प्रेसिडेण्ट विष्णुप्रसाद भण्डारीले क्लबले विगत वर्षहरूमा पनि देशका विभिन्न दुर्गम जिल्लामा यस खालका शिविर आयोजना गरेको जानकारी दिए । यस वर्ष कोभिडको कारण जान कठिन भएकाले भक्तपुरमा शिविर आयोजना गरिएको उनले बताए । कार्यक्रममा मध्यपुर थिमीका उपप्रमुख अञ्जनादेवी मधिकर्मीले भक्तपरु मा शिविर सञ्चालन गर्दा  नगरका सयाैं बासिन्दा लाभान्वित भएको बताइन् । शिविरमा इको, ईजीसी, इन्डोस्कोपी, सुगर टेस्ट तथा औषधि निःशुल्क वितरण गरिएको लायन्स क्लब अफ काठमाडौं गौतमबुद्धका अध्यक्ष रामबहादुर क्षेष्ठले जानकारी दिए ।

भक्तपुरमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

‘म हुँ, म गर्छु’ भन्ने मूल नाराका साथ भक्तपुरमा मंगलबार जनचेतनामूलक कार्यक्रम गरिएको छ। भक्तपुर क्यान्सर अस्पतालको आयोजनामा विश्व क्यान्सर दिवसको अवसरमा अस्पताल प्रांगणमा कार्यक्रम गरिएको हो।