काठमाडाैं (अस) । विश्व मुटु दिवसको अवरसमा भक्तपुरमा भक्तपुरमा जनचेतनामूलक कार्यक्रमका साथै मुटु तथा दन्तशिविर आयोजना गरिएको छ । लायन्स क्लब अफ काठमाडाैं लर्डबुद्धको आयोजना, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा टान्सप्लाण्ट सेन्टर र नेपाल कोरिया मैत्री अस्पतालको प्राविधिक सहयोगमा बुधवार मध्यपुरथिमी–४ लायकुस्थित बुधवार आदर्श उच्चमाविमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा करीब ४०० जनाको मुटु तथा ५० जनाको दन्त परीक्षण गरिएको बताइएको छ । शिविर उद्घाटन गर्दै नेपाल मेडिकल काउन्सिलका अध्यक्ष वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइरालाले मुटुरोगका कारण देशभर वर्षेनि ३० हजार जनाको मृत्यु हुने गरेको जानकारी दिँदै मुटुरोग लाग्न नदिन खानपान तथा जीवनशैली सन्तुलित राख्न आग्रह गरे । रोग लागेर उपचार गर्न जानुभन्दा पहिले नै सचेत हुन सके आफ्नो स्वास्थ्यलाई सुरक्षित राख्न सकिने उनले बताए ।
लायन्स क्लब अफ काठमाडाैं लर्डबुद्धका संस्थापक अध्यक्ष तथा डिस्ट्रिक ३२५ बी वानका चार्टर प्रेसिडेण्ट विष्णुप्रसाद भण्डारीले क्लबले विगत वर्षहरूमा पनि देशका विभिन्न दुर्गम जिल्लामा यस खालका शिविर आयोजना गरेको जानकारी दिए । यस वर्ष कोभिडको कारण जान कठिन भएकाले भक्तपुरमा शिविर आयोजना गरिएको उनले बताए । कार्यक्रममा मध्यपुर थिमीका उपप्रमुख अञ्जनादेवी मधिकर्मीले भक्तपरु मा शिविर सञ्चालन गर्दा नगरका सयाैं बासिन्दा लाभान्वित भएको बताइन् । शिविरमा इको, ईजीसी, इन्डोस्कोपी, सुगर टेस्ट तथा औषधि निःशुल्क वितरण गरिएको लायन्स क्लब अफ काठमाडौं गौतमबुद्धका अध्यक्ष रामबहादुर क्षेष्ठले जानकारी दिए ।