नेपाल बैंकले मागेको आशयपत्रप्रति क्यान महासंघको ध्यानाकर्षण, योगदानलाई अवमूल्यन गरेको भनाइ

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले नेपाली सूचना प्रविधि कम्पनी अयोग्य हुने प्रावधान राखेर नेपाल बैंकले कोर बैंकिङ सोलुसन (सीबीएस) का लागि मागेको आशयपत्रप्रति गम्भिर ध्यानाकर्षण जनाएको छ ।  उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई ध्यानाकर्ष पत्र बुझाउँदै महासंघले नेपाली सूचना प्रविधि (आईटी) कम्पनी अयोग्य हुने प्रावधान राखेर सीबीएसका लागि नेपाल बैंकले...

सम्बन्धित सामग्री

सीमाक्षेत्रमा १५५ रुपैयाँमै १०० भारू

वीरगञ्ज । नेपाली र भारतीय मुद्राबीचको विनिमय दर दशकौंदेखि स्थिर छ । औपचारिक माध्यमबाट १ सय भारतीय रुपया (भारू) किन्न १६० रुपैयाँ नेपाली तिर्नुपर्छ । तर, केही समययता अनौपचारिक बजारमा १५५ रुपैयाँमै भारू १०० पाउन थालिएको छ । अनौपचारिक बजारमा नेपाली रुपैयाँको तुलनामा भारू अवमूल्यन हुन पुगेको छ । सीमावर्ती बजारमा मात्र होइन, संघीय राजधानी काठमाडौं र मुख्य शहरका कारोबारीले १५५ रुपैयाँमा १०० भारू उपलब्ध गराइरहेको व्यापारीहरूले बताएका छन् । सतही रूपमा हेर्दा भारतीय मुद्रा अवमूल्यन हुँदा नेपालीलाई फाइदा भएजस्तो देखिए पनि यसले अर्थतन्त्रमा सकारात्मक प्रभाव नपार्ने विज्ञले बताएका छन् । करीब २ महीनादेखि भारू सस्तिएको वीरगञ्जका एक व्यापारीले बताए । विश्वव्यापी रूपमा व्यापारमा आएको कमीले भारूको माग खस्किएपछि उक्त मुद्रा अवमूल्यन भएको ती व्यवसायीको दाबी छ । विज्ञहरूसमेत यो तर्कमा सहमत छन् । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार भारत भएकाले भारतसँगको व्यापार घट्दा भारूको माग स्वाभाविक रूपमा घट्ने र त्यसको असर मुद्रा अवमूल्यनका रूपमा देखिएको हुनसक्ने बताउँछन् । ‘भारतसँगको व्यापारघाटा तुलनात्मक रूपमा घटेको छ । बैंक र निजीक्षेत्रमा पनि भारूको माग घटेको तथ्यांकले देखाउँछ । माग नै घटेपछि मूल्य कम हुनु स्वाभाविक हो,’ पूर्वगभर्नर क्षेत्रीले आर्थिक अभियानसँग भने । भारतसँगको अधिकांश व्यापार भारूमा हुन्छ । वैदेशिक व्यापारमा आयातको अंश उच्च रहनु र दुई तिहाइ व्यापार भारतसँग भएकाले व्यापार घट्दा भारूको माग घटेको व्यापारीहरूको भनाइ छ । वीरगञ्जका अनुभवी व्यापारीका अनुसार आयातित वस्तुको सम्पूर्ण भुक्तानी बैंकमार्फत हुँदैन । भारतबाट आउने अधिकांश वस्तु न्यून बीजकीकरणमा आउने र बिलबाहेकको रकम अनौपचारिक माध्यम (हुन्डी) बाट बाहिरिने गरेको ती व्यवसायीले बताए । औपचारिक व्यापार घटेपछि हुन्डीका रूपमा हुने भारूको माग पनि घटेकाले भारू अवमूल्यन भएको दाबी उनको छ । ‘औपचारिक र अनौपचारिक दुवै व्यापार समानान्तर रूपमा भइरहेको हुन्छ । पछिल्लो समय दुवै व्यापारमा आएको कमीले गर्दा भारूको माग घटेको हो,’ एक अर्का व्यापारीले भने । भारू माग बढी भएको अवस्थामा १०० भारूका लागि १६४/१६५ रुपैयाँसम्म तिर्नु परेको उनी बताउँछन् । कुनै बेलामा त यो दर १७० सम्म पुगेको व्यापारी सुनाउँछन् । नेपालमा भारूको माग उच्च भएका बेला हुन्डी कारोबारीले भारतमा सस्तैमा डलर बेचेर भए पनि त्यस्तो भारू नेपाली व्यापारीलाई दिने गरेका थिए । ‘नेपालमा भारूको माग बढी भएकाले सस्तैमा भारूसँग सहटी गरेर पनि नेपालबाट बढी नाफा कमाइरहेका थिए,’ ती व्यापारीले भने । नेपालमा बैंकहरूले मुद्दती निक्षेपमा ब्याज बढी दिएकाले भारतबाट रकम आएको दाबी गर्नेहरू पनि छन् । सीमाक्षेत्रका भारतीयले नेपालमा रहेका आफन्तको नाममा बैंकमा निक्षेप जम्मा गर्ने प्रवृत्ति बढेकाले नेपाली मुद्राको माग बढेको उनको दाबी छ । पछिल्लो समय बैंकमा लगानीयोग्य रकम बढ्दै गएको राष्ट्र बैंकको तथ्यांकले पनि देखाएको छ । केही विज्ञहरू नेपालको तुलनामा भारतमा सुनको मूल्य बढी भएकाले सुन तस्करीका कारण भारू अवमूल्यन भएको हुन सक्ने आशंका गर्छन् । नेपालबाट गएको सुनको रकम नेपाली रुपैयाँमा भुक्तानी दिनुपर्ने भएकाले माग बढेको र त्यसबाट भारू अवमूल्यन भएको उनीहरूको अनुमान छ । भारतले हालै सुनमा भन्सार महशुल बढाएकाले नेपालबाट यसको अनौपचारिक निकासी अझ बढ्ने दाबी गरिएको छ । रूस–युक्रेन युद्धपछि व्यापार घटेको, इन्धनको उत्पादनमा लगानीको अवसर खुम्चिएको र परिवर्त्य मुद्राको मूल्यमा पनि उतारचढाव आएकाले धेरैजसो लगानीकर्ताले बहुमूल्य धातुमा लगानी सुरक्षित देखेको जानकारहरूको भनाइ छ । पूर्वगभर्नर क्षेत्री पनि भारतले सुनमा भन्सार बढाएकाले नेपालबाट भारततर्फ सुनको अनधिकृत निकासी बढ्ने सम्भावना औंल्याउँछन् । नेपालको निकासी र राजस्व बढेर भारु अवमूल्यन भएमात्रै त्यसले नेपालको अर्थतन्त्रलाई फाइदा पुग्ने दाबी उनको छ । ‘अन्यथा अनौपचारिक माध्यममा हुने उतारचढावको नाफा/घाटा पनि अनौपचारिक नै हुन्छ । त्यसले अर्थतन्त्रलाई लाभ पुग्दैन,’ क्षेत्रीले भने । भारू अवमूल्यको यो अवस्था धेरै दिन नरहने पनि उनले दाबी गरे । ‘चामल, दालदेखि सवारीसाधन र ती साधनमा हाल्ने इन्धनसमेत भारतबाटै आउँछ । यस्तोमा भारतबाट आयात सधैं घट्ने हुँदैन,’ उनले भने, ‘व्यापार लयमा फर्किनेबित्तिकै पुरानै अवस्थामा पुग्छ ।’

‘अहिलेको दरमा दही, केरा र खिर केही छैन’

पछिल्ला दिनमा देखिएका केही विकृत सोच, पात्र र प्रवृत्तिले तीजपर्व पनि विकृत र बदनाम बन्न थालेको बताउँछिन् । अहिले दर खाने र खुवाउने नाममा दारुखाने र खर्चिला भड्किला गतिविधि गर्दा संस्कृतिको अवमूल्यन भएको उनको भनाइ छ ।

माधव नेपालले भने- अपमान गरेपनि गठबन्धनलाई निरन्तरता दिने पक्षमा छौँ (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी छोटो समयमा नै लोकप्रिय भएको दाबी गरेका छन् । आइतबार पार्टीनिकट महिला संघको कार्यक्रममा नेपालले पार्टीलाई अवमूल्यन र अपमान गरेपनि गठबन्धनलाई निरन्तरता दिने पक्षमा आफूहरू रहेको बताए । ‘केही समस्या भए छलफल गरेर अघि बढ्छौँ । अहिलेको उपलब्धी सानो ठान्न हुँदैन’, उनको भनाइ थियो । […]

अमेरिकी डलर महँगो हुँदा नेपालको अर्थतन्त्रमा पर्न सक्ने तीन प्रतिकूल प्रभाव

नेपालको केन्द्रीय ब्याङ्कका अनुसार अमेरिकी डलरको तुलनामा अहिले नेपाली मुद्रा सबैभन्दा कमजोर अवस्थामा पुगेको छ। विभिन्न कारणले नेपाली मुद्राको अवमूल्यन हुँदा नेपालमा डलर हालसम्मकै बलियो भएको नेपाल राष्ट्र ब्याङ्कका अधिकारीहरू भनाइ छ।अर्थशास्त्रीहरूका अनुसार नेपाली मुद्रा कमजोर बन्दा नेपाललाई 'अनुकूलभन्दा प्रतिकूल प्रभाव' नै धेरै पर्ने देखिन्छ। यद्यपि त्यसका केही सकारात्मक प्रभाव पनि नेपाली अर्थतन्त्रमा पर्न सक्ने उनीहरूको भनाइ छ।मुद्रा अवमूल्यनको कारणनेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता गुणाकर भट्टका अनुसार रुस-युक्रेन युद्धका कारण निम्तिएको परिस्थिति नेपाली मुद्रा कमजोर बन्ने कारणमध्येको एक हो।त्यस्तै लगानीकर्ताहरू अमेरिकातर्फ आकर्षित हुनु र भारतीय मुद्रासँग नेपालको स्थिर विनिमय दर हुनु पनि कारण भएको उनको भनाइ छ।अर्थशास्त्री केशव आचार्यका अनुसार केही महिनाअघि अमेरिकी केन्द्रीय ब्याङ्कले ब्याजदर बढाएपछि धेरै लगानीकर्ता डलरतर्फ आकर्षित भएका छन्।'त्यसले गर्दा विश्वभरि शेअर बजारमा लगानी गरिरहेकाहरूले डलरमा लगानी गर्न थालेका छन्,' उनले भने।'भारतीय बजारमा लगानी गरिरहेकाहरू पनि अमेरिकी डलरमा आकर्षित भएकाले त्यहाँ भारतीय रुपैयाँको मूल्य पनि कम भएको छ।'उनी भारतीय मुद्रा कमजोर बन्ने बित्तिकै नेपाली मुद्रामा त्यसको प्रभाव परेको बताउँछन्।नेपाली मुद्राको अवस्थानेपाल राष्ट्र ब्याङ्कले शुक्रवार एक अमेरिकी डलरको खरिद दर १२४.०७ रुपैयाँ तोकेको छ।विक्रीदर भने १२४.६७ रुपैयाँ छ।ठिक एक महिनाअघि एक अमेरिकी डलरको खरिद दर १२२ रुपैयाँ १२ पैसा र विक्रीदर १२२ रुपैयाँ ७२ पैसा थियो।भारतको केन्द्रीय ब्याङ्कका अनुसार शुक्रवार एक डलरको विनिमय दर ७७ भारतीय रुपैयाँ ६९ पैसा तोकिएको छ।त्यहाँ ठिक एक महिनाअघि त्यस्तो दर ७६ रुपैयाँ ४१ पैसा मात्र थियो।विगत एक वर्षमा भारतीय रुपैयाँको ६ प्रतिशत अवमूल्यन भइसकेको बताइन्छ।राष्ट्र ब्याङ्कका अधिकारी र अर्थशास्त्रीका भनाइमा नेपाली मुद्राको अवमूल्यन हुँदा पर्न सक्ने तीन प्रतिकूल प्रभाव:१) व्यापार घाटा बढ्न सक्छनेपालको अर्थतन्त्र आयातमुखी भएकाले डलर महँगो हुँदा नेपालको व्यापारघाटा उच्च हुने सम्भावना रहने अर्थशास्त्रीको भनाइ छ।अर्थशास्त्री आचार्य भन्छन्, 'हामी कुल गार्हस्थ्य उत्पादनको करिब ४० प्रतिशत आयात गर्छौँ। भारतबाट हुने चोरी निकासीको हिसाब गर्दा त त्यो अझै धेरै हुन्छ।''डलर महँगो हुँदा हाम्रो व्यापार घाटा र शोधनान्तर घाटा बढ्न सक्छ।'राष्ट्र ब्याङ्कका प्रवक्ता भट्ट पनि डलर महँगो हुँदा व्यापार घाटा उच्च हुनेतर्फ ध्यान दिनुपर्ने अवस्था रहेको बतउँछन्।'अहिलेको परिस्थिति हेर्दा हामीले अझै केही समय केही वस्तुको आयात रोक्नुपर्ने जस्तो देखिन्छ,' उनले भने।२) विदेशी मुद्रा सञ्चितिमा कमीडलरको भाउ बढेको कारणले नेपालबाट विदेशिने मुद्रा धेरै हुन जाने र त्यसको प्रत्यक्ष प्रभाव विदेशी मुद्राको सञ्चितिमा पर्न सक्ने भट्टको भनाइ छ।'विदेशी मुद्रा सञ्चिति जोगाउन संवेदनशील हुनुपर्ने अवस्था छ,' उनी भन्छन्।आचार्यका अनुसार नेपालले कैयौँ वस्तु आयात गर्नेदेखि नेपाल विद्युत् प्राधिकरणले डलरमा विद्युत् खरिद सम्झौता गरेका कम्पनीलाई समेत डलर तिर्नुपर्ने हुन्छ।त्यस्तै विदेशी ऋणको भुक्तानी पनि डलरमा नै हुन्छ।'सबैतिरको भुक्तानी डलरमा हुँदा हाम्रो विदेशी विनिमयको भण्डारमा चाप पर्छ,' उनी भन्छन्।राष्ट्र ब्याङ्कका अनुसार हाल साढे छ महिनाको आयात धान्ने विदेशी मुद्रा नेपालमा रहेको छ।३) महँगी बढ्ने सम्भावनाआचार्यका भनाइमा डलर बलियो र नेपाली मुद्रा कमजोर बन्दा त्यसको प्रत्यक्ष मार उपभोक्तालाई पनि पर्न सक्छ।'यसले गर्दा उपभोक्ता त महँगीले भुतुक्कै हुने अवस्था आउने भयो,' उनी भन्छन्।'रुस-युक्रेन लडाइँले धेरै समस्या भइरहेका बेला डलरका कारण आम मूल्यवृद्धि हुने देखिन्छ।'नेपालमा खाद्यान्न र तेलजस्ता वस्तुहरू समेत डलर तिरेर आयात गर्नुपर्ने अवस्था रहेकाले त्यसको प्रभाव सबै क्षेत्रमा पर्न सक्ने उनको भनाइ छ।सकारात्मक प्रभावडलरको भाउ बढ्दा विशेषगरी निर्यातमूलक क्षेत्रलाई सकारात्मक प्रभाव पर्न सक्ने पनि अर्थशास्त्रीको भनाइ छ।तर नेपालमा स्वदेशी कच्चा पदार्थबाट उत्पादन हुने निर्यातमूलक वस्तु कम भएकाले कच्चा पदार्थ डलरमै किन्नुपर्ने अवस्था रहेको आचार्य बताउँछन्।त्यसको प्रभावले नेपालबाट निर्यात गरिने वस्तु बढ्ने उनको अनुमान छ।'डलर बलियो हुँदा हाम्रा जस्ता देशले गरेको उत्पादन सस्तो पर्थ्यो तर हामीले त्यो गर्न सक्ने अवस्था पनि देखिँदैन,' उनले भने।त्यस्तै विदेशबाट नेपालमा विप्रेषण पठाउनेहरूलाई सटहीदर बढी हुँदा नेपालमा पाउने रकममा केही फाइदा पुग्ने र पर्यटन क्षेत्रमा केही सुधार हुन सक्ने अपेक्षा पनि कतिपय अर्थशास्त्रीको छ। -बिबिसीबाट

‘राज्यबाट कृषिक्षेत्रको अवमूल्यन’

काठमाडौं (अस) । सरकारले कृषिक्षेत्रलाई अवमूल्यन गरेको अर्थविद्हरूले बताएका छन् । यसले गर्दा स्वदेशमै उत्पादन हुने कृषि वस्तुको आयात बढेको र जमीन बाँझै बसेको उनीहरूको भनाइ छ । नेपाल बुद्धिजीवी परिषद्ले बिहीवार काममाडौंमा आयोजना गरेको कार्यक्रममा पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले राष्ट्रिय नीतिमा कृषिक्षेत्र नसमेटिनु दुःखद भएको बताए । ‘वास्तवमा सरकारले कृषिक्षेत्रलाई अवमूल्यन गरेको छ । यसको दोष वर्तमान वा कुनै निश्चित सरकारलाई जाँदैन, सबै सरकारले यस क्षेत्रको अवमूल्यन गरेका छन्,’ उनले भने, ‘त्यसमाथि जनता पनि विलासी जीवन जिउन थाले । यसले कृषिक्षेत्रलाई मात्र होइन, समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेको छ ।’ अर्थतन्त्रमा अहिले देखिएको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न कृषिक्षेत्रलाई पनि विशेष प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ । अर्का पूर्वगभर्नर डा. तिलक रावलले पनि सरकार कृषिमा केन्द्रित नभएको बताए । ‘कृषिक्षेत्रमा तत्काल ठूलो क्रान्ति गर्न नसकिएला तर धान, गहुँ, सागजस्ता वस्तुको उत्पादन त तत्काल बढाउन सकिन्छ नि । सरकारले यो कुरा बुझेको छैन,’ उनले भने, ‘पछिल्लो ७/८ महीनामा टमाटर, आलुजस्ता तरकारी साढे ११ अर्बको आयात भएको छ । त्यस्ता चिज त हामी यहीँ उत्पादन गर्न सक्छौं । तर, सरकारले त्यसलाई सम्बोधन गर्ने गरी नीति नै ल्याएको छैन ।’ उनले अमेरिका–चीन व्यापार युद्ध, कोरोना महामारी र रसिया–युक्रेन तनावले नेपाली अर्थतन्त्र प्रभावित भएको र यसमा कुनै सरकारको दोष नभएको बताए । अर्थतन्त्रमा अहिले देखिएको समस्या समाधान गर्न तत्काल आयातमा कडाइ गर्नुपर्ने उनको भनाइ छ । पूर्वअर्थसचिव रामेश्वर खनालले अर्थतन्त्रको अवस्था चिन्ताजनक नभएको बताए । यद्यपि, संयमित हुनुपर्ने समय भने रहेको उनको भनाइ छ । ‘६ महीनाको आयात धान्ने विदेशी मुद्रा छ, त्यो आफैमा पर्याप्त हो । त्यो घटेर ३ महीनामै झर्छ भने पनि आत्तिनु हुँदैन,’ उनले भने, ‘त्यसमाथि हाम्रो विदेशी ऋण भुक्तानी तालिका राम्रो छ । वार्षिक राजस्वको ३ प्र्रतिशत रकमले किस्ता तिर्न पुग्छ । तसर्थ, श्रीलंकाकै अवस्थामा देश जान्छ भन्न मिल्दैन ।’ पूर्वमन्त्री प्रदीप ज्ञवालीले निजीक्षेत्रको विश्वास घट्दै गएको बताए । ‘पछिल्लो समय निजीक्षेत्रको विश्वास घट्दै गएको छ । स्वदेशी लगानीकर्तालाई स्वदेशमा लगानी सुरक्षित छ भन्ने पनि छैन,’ उनले भने, ‘फलस्वरूप पूँजी पलयान भएको छ । यस विषयमा सरकार गम्भीर भएन ।’

पृथ्वीनारायण शाहको योगदानलाई अवमूल्यन गर्नु सही हुन्न :  केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पृथ्वीनारायण शाहले नेपालको एकीकरणका लागि पुर्‍याएको योगदानलाई अवमूल्यन गर्नु सही नहुने बताएका छन् । वर्तमान सामाजिक स्वरूपलाई आधार बनाएर तात्कालिक समाजलाई मूल्याङ्कन गर्दा त्यो समाज पिछडिएको तथा तत्कालीन समाजको नेतृत्वदायी वर्ग प्रतिकृयावादी भए पनि आफ्नो मुलुकको एकीकरणका लागि पुर्‍याएको योगदानलाई अवमूल्यन गर्नु सही नहुने उनको भनाइ छ ।उनले नेपालको एकीकरणमा पृथ्वीनारायण शाहको महत्त्वपूर्ण ऐतिहासिक योगदान रहेको जिकिर गरेका छन् । 'तत्कालीन

शक्ति पृथकीकरणविरुद्ध चालिएको कदम असफल भयो: सभामुख सापकोटा

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त विपरीत चालिएको कदम एक पटक फेरि असफल भएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा मन्तव्य दिँदै उनले प्रतिनिधिसभाको गरिमालाई अवमूल्यन गर्ने प्रयासलाई सर्वोच्च अदालतको फैसलाले लगाम लगाइदिएको बताए। प्रतिनिधि सभाको पुनर्स्थापनासँगै राजनीतिक स्थिरता र यसमार्फत विकास र समृद्धिको जनचाहनालाई सम्बोधन हुने उनको भनाइ थियो।

संसदको अधिकार अपहरण, राष्ट्रपति कार्यालयबाट अतिक्रमण : सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले अहिले संसदको अधिकार अपहरण भएको र राष्ट्रपति कार्यालयबाट अतिक्रमण भएको बताएका छन् । सभामुख सापकोटाले मंगलबार संसद भवनको ल्होत्से हलमा सम्पादकहरूसँगको छलफलका क्रममा अदालतका निर्णयको समेत उल्लंघन भइरहेको आरोप लगाए ।‘अहिले संसदको अधिकार अपहरण भएको छ, राष्ट्रपति कार्यालयबाट अतिक्रमण भएको छ,’ उनले भने, ‘अदालतले गरेका निर्णयको उल्लंघन भएको छ ।’ उनले संसदको पटकपटक अवमूल्यन भएको बताए । संसदलाई जीवन्त राख्न आफूले प्रयत्न गरिरहेको उनको भनाइ थियो । उनले स