सीमाक्षेत्रमा १५५ रुपैयाँमै १०० भारू

वीरगञ्ज । नेपाली र भारतीय मुद्राबीचको विनिमय दर दशकौंदेखि स्थिर छ । औपचारिक माध्यमबाट १ सय भारतीय रुपया (भारू) किन्न १६० रुपैयाँ नेपाली तिर्नुपर्छ । तर, केही समययता अनौपचारिक बजारमा १५५ रुपैयाँमै भारू १०० पाउन थालिएको छ । अनौपचारिक बजारमा नेपाली रुपैयाँको तुलनामा भारू अवमूल्यन हुन पुगेको छ । सीमावर्ती बजारमा मात्र होइन, संघीय राजधानी काठमाडौं र मुख्य शहरका कारोबारीले १५५ रुपैयाँमा १०० भारू उपलब्ध गराइरहेको व्यापारीहरूले बताएका छन् । सतही रूपमा हेर्दा भारतीय मुद्रा अवमूल्यन हुँदा नेपालीलाई फाइदा भएजस्तो देखिए पनि यसले अर्थतन्त्रमा सकारात्मक प्रभाव नपार्ने विज्ञले बताएका छन् । करीब २ महीनादेखि भारू सस्तिएको वीरगञ्जका एक व्यापारीले बताए । विश्वव्यापी रूपमा व्यापारमा आएको कमीले भारूको माग खस्किएपछि उक्त मुद्रा अवमूल्यन भएको ती व्यवसायीको दाबी छ । विज्ञहरूसमेत यो तर्कमा सहमत छन् । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार भारत भएकाले भारतसँगको व्यापार घट्दा भारूको माग स्वाभाविक रूपमा घट्ने र त्यसको असर मुद्रा अवमूल्यनका रूपमा देखिएको हुनसक्ने बताउँछन् । ‘भारतसँगको व्यापारघाटा तुलनात्मक रूपमा घटेको छ । बैंक र निजीक्षेत्रमा पनि भारूको माग घटेको तथ्यांकले देखाउँछ । माग नै घटेपछि मूल्य कम हुनु स्वाभाविक हो,’ पूर्वगभर्नर क्षेत्रीले आर्थिक अभियानसँग भने । भारतसँगको अधिकांश व्यापार भारूमा हुन्छ । वैदेशिक व्यापारमा आयातको अंश उच्च रहनु र दुई तिहाइ व्यापार भारतसँग भएकाले व्यापार घट्दा भारूको माग घटेको व्यापारीहरूको भनाइ छ । वीरगञ्जका अनुभवी व्यापारीका अनुसार आयातित वस्तुको सम्पूर्ण भुक्तानी बैंकमार्फत हुँदैन । भारतबाट आउने अधिकांश वस्तु न्यून बीजकीकरणमा आउने र बिलबाहेकको रकम अनौपचारिक माध्यम (हुन्डी) बाट बाहिरिने गरेको ती व्यवसायीले बताए । औपचारिक व्यापार घटेपछि हुन्डीका रूपमा हुने भारूको माग पनि घटेकाले भारू अवमूल्यन भएको दाबी उनको छ । ‘औपचारिक र अनौपचारिक दुवै व्यापार समानान्तर रूपमा भइरहेको हुन्छ । पछिल्लो समय दुवै व्यापारमा आएको कमीले गर्दा भारूको माग घटेको हो,’ एक अर्का व्यापारीले भने । भारू माग बढी भएको अवस्थामा १०० भारूका लागि १६४/१६५ रुपैयाँसम्म तिर्नु परेको उनी बताउँछन् । कुनै बेलामा त यो दर १७० सम्म पुगेको व्यापारी सुनाउँछन् । नेपालमा भारूको माग उच्च भएका बेला हुन्डी कारोबारीले भारतमा सस्तैमा डलर बेचेर भए पनि त्यस्तो भारू नेपाली व्यापारीलाई दिने गरेका थिए । ‘नेपालमा भारूको माग बढी भएकाले सस्तैमा भारूसँग सहटी गरेर पनि नेपालबाट बढी नाफा कमाइरहेका थिए,’ ती व्यापारीले भने । नेपालमा बैंकहरूले मुद्दती निक्षेपमा ब्याज बढी दिएकाले भारतबाट रकम आएको दाबी गर्नेहरू पनि छन् । सीमाक्षेत्रका भारतीयले नेपालमा रहेका आफन्तको नाममा बैंकमा निक्षेप जम्मा गर्ने प्रवृत्ति बढेकाले नेपाली मुद्राको माग बढेको उनको दाबी छ । पछिल्लो समय बैंकमा लगानीयोग्य रकम बढ्दै गएको राष्ट्र बैंकको तथ्यांकले पनि देखाएको छ । केही विज्ञहरू नेपालको तुलनामा भारतमा सुनको मूल्य बढी भएकाले सुन तस्करीका कारण भारू अवमूल्यन भएको हुन सक्ने आशंका गर्छन् । नेपालबाट गएको सुनको रकम नेपाली रुपैयाँमा भुक्तानी दिनुपर्ने भएकाले माग बढेको र त्यसबाट भारू अवमूल्यन भएको उनीहरूको अनुमान छ । भारतले हालै सुनमा भन्सार महशुल बढाएकाले नेपालबाट यसको अनौपचारिक निकासी अझ बढ्ने दाबी गरिएको छ । रूस–युक्रेन युद्धपछि व्यापार घटेको, इन्धनको उत्पादनमा लगानीको अवसर खुम्चिएको र परिवर्त्य मुद्राको मूल्यमा पनि उतारचढाव आएकाले धेरैजसो लगानीकर्ताले बहुमूल्य धातुमा लगानी सुरक्षित देखेको जानकारहरूको भनाइ छ । पूर्वगभर्नर क्षेत्री पनि भारतले सुनमा भन्सार बढाएकाले नेपालबाट भारततर्फ सुनको अनधिकृत निकासी बढ्ने सम्भावना औंल्याउँछन् । नेपालको निकासी र राजस्व बढेर भारु अवमूल्यन भएमात्रै त्यसले नेपालको अर्थतन्त्रलाई फाइदा पुग्ने दाबी उनको छ । ‘अन्यथा अनौपचारिक माध्यममा हुने उतारचढावको नाफा/घाटा पनि अनौपचारिक नै हुन्छ । त्यसले अर्थतन्त्रलाई लाभ पुग्दैन,’ क्षेत्रीले भने । भारू अवमूल्यको यो अवस्था धेरै दिन नरहने पनि उनले दाबी गरे । ‘चामल, दालदेखि सवारीसाधन र ती साधनमा हाल्ने इन्धनसमेत भारतबाटै आउँछ । यस्तोमा भारतबाट आयात सधैं घट्ने हुँदैन,’ उनले भने, ‘व्यापार लयमा फर्किनेबित्तिकै पुरानै अवस्थामा पुग्छ ।’

सम्बन्धित सामग्री

शाहरूखको फिल्म 'जवान' ले तीन दिनमा ३५० करोड कमायो

भारतीय सञ्चार माध्यमहरुका अनुसार फिल्मले तीन दिनमा विश्वभर ३५० करोड भारू कमाएको छ भने घरेलु बक्स अफिसमा १८० करोड ४५ लाख भारू कमाएको छ।...

शाहरूखको फिल्म 'जवान' ले तीन दिनमा ३५० करोड कमायो

भारतीय सञ्चार माध्यमहरुका अनुसार फिल्मले तीन दिनमा विश्वभर ३५० करोड भारू कमाएको छ भने घरेलु बक्स अफिसमा १८० करोड ४५ लाख भारू कमाएको छ।...

फिल्म 'गदर २' ले ४० करोड कमाउँदा 'ओ माइ गड २' १० करोडमा सीमित

भारतीय सञ्चार माध्यहरुका अनुसार 'गदर २' ले पहिलो दिन ४० करोड १० लाख भारू कमाएको छ भने 'ओ माइ गड २' ले १० करोड २६ लाख भारू कमाएको छ।...

दुई दिनमा फिल्म 'रकी और रानीकी प्रेम कहानी' ले कमायो २७ करोड बढी

यो फिल्मले दुई दिनमा २७ करोड १५ लाख भारू कमाएको भारतीय सञ्चार माध्यमहरुले बताएका छन्।

सीमामा भारू सस्तिनुको कारण

नेपाली मुद्रा भारतीयसँग आबद्ध (पेग्ड) गरिए पनि कुनै बेला राष्ट्र बैंकले तोकेको मूल्यभन्दा बढी नेपाली तिरेर भारू साट्नुपर्ने भारतीय सीमाक्षेत्रमा अहिले तोकिएको दरभन्दा ५/१० रुपैयाँ सस्तोमा भारू पाउन थालिएको छ । १ सय भारूका लागि १६० रुपैयाँ तय गरिए पनि १५५ भन्दा थोरैमा भारू पाउन थालिएको छ । किन यसरी सरकारले तोकेको दरभन्दा नेपाली मुद्राको भाउ बढेको छ भन्ने कारण खोज्नुपर्ने देखिएको छ । भारू फालाफाल हुने र नेपाली रुपैयाँको माग बढी हुने कारण के हो भन्नेमा सरकार र राष्ट्र बैंकले तत्कालै अध्ययन गरी वास्तविकता सार्वजनिक गर्नुपर्छ । अन्यथा भोलिका दिनमा गम्भीर समस्या आउन सक्छ । छोटो समयका लागि सरकारले तोकेको दरभन्दा सस्तोमा वा महँगोमा भारूको कारोबार हुन सक्छ । २०७२ सालमा भारतीय नाकाबन्दी ताका थोरै समयका लागि यस्तो भएको स्थानीयको भनाइ पाइन्छ । तर, अहिलेको अवस्था केही फरक देखिएको छ । सरकारले तोकेको विनिमय दरभन्दा भारू सस्तोमा विक्री भइरहेको केही महीना भइसकेको छ । त्यसैले अहिलेको अवस्थालाई लिएर गम्भीर हुनुपर्ने देखिएको छ । सीमाक्षेत्रमा सरकारी मूल्यभन्दा कममा भारू विक्री हुँदा नियामक निकाय र सरकारबाट भने किन यसो भइरहेको छ भनेर अध्ययन गरेको सूचना सार्वजनिक भएको छैन । यसले गर्दा सर्वसाधारणले यसबारे जानकारी पाउन सकेका छैनन् । यसरी चासो नदिनु गलत हो । यसलाई बेवास्ता गर्ने हो भने भोलिका दिनमा ठूलै समस्या ननिम्त्याउला भन्न सकिँदैन । सिद्धान्तत: भारूको आपूर्ति बढेर यसको भाउ घटेको हो भन्न सकिन्छ । अर्थात् सीमाक्षेत्रमा भारूको आपूर्ति बढ्यो वा नेपाली मुद्राको माग बढ्यो । या त भारतीयले नेपालमा लगानी गरे या उनीहरूले नेपालबाट सामान बढी किने भन्ने अर्थमा बुझ्न सकिन्छ । यसका साथै सीमाक्षेत्रमा अनौपचारिक अर्थतन्त्र फस्टाएको पनि हुन सक्छ । त्यसो हुँदा उनीहरूलाई भारूभन्दा नेपाली रुपैयाँ बढी आवश्यक पर्‍यो । कतिपयले तेस्रो मुलुकबाट आएको सुन, चिनियाँ उत्पादन र लागू पदार्थ नेपालबाट भारततर्फ अवैध बाटोबाट गइरहेको तर्क गरेका छन् । उनीहरूले नेपाली रुपैयाँमा यसको भुक्तानी गर्ने भएकाले नेरूको माग बढेर भारू केही सस्तो भएको आकलन गरेका छन् । हुन त सुरक्षा संयन्त्रले यसरी भारततर्फ सामान जानै नसक्ने तर्क गरेको छ तर खुला सिमाना भएकाले यसै हो भन्न सकिँदैन । अर्को, भारतमा भन्दा अहिले नेपाली बैंकमा ब्याजदर बढी भएको बताइन्छ । बढी ब्याजका लागि भारतीयहरूले नेपाली रुपैयाँ साटेर यहाँ राखेको अनुमान पनि एकथरीको छ । त्यसो त भारतीयहरू सीमा क्षेत्रमा मदिरा सेवन गर्न आउने गर्छन् । त्यसले गर्दा पनि नेपाली रुपैयाँको माग भएको हुन सक्छ । तर, विनिमय दरलाई नै प्रभावित पार्ने गरी त्यति ठूलो परिमाणमा नेपालमा भारू आएको नहुनुपर्ने हो । अत: यसरी भारू फालाफाल हुने र नेपाली रुपैयाँको माग बढी हुने कारण के हो भन्नेमा सरकार र राष्ट्र बैंकले तत्कालै अध्ययन गरी वास्तविकता सार्वजनिक गर्नुपर्छ । भूराजनीतिक अवस्थाका कारण नेपालले भारत र चीनसँग निकै संवेदनशील भएर व्यवहार गर्नुपर्ने हुन्छ । दुवै मुलुकले नेपाललाई पूर्णत: विश्वास गर्न नसकेको अवस्था छ । खासगरी आफ्नो मुलुकको सुरक्षा संवेदनशीलताका विषयमा भारत र चीन दुवै निकै गम्भीर देखिन्छन् । यदि केही व्यवसायीको भनाइलाई पत्याउने हो भने चिनियाँ सुन तस्करी भएर भारत गइरहेको छ । यस्तो अवैध कारोबार भएको हो भने त्यो निकै गम्भीर विषय हो । त्यसमा पनि भोलि छिमेकी मुलुकले आवाज उठाउनुपर्‍यो भने नेपालको छवि बिग्रन सक्छ । साथै अन्य समस्या पनि आउन सक्छ, जसले दुई देशको आपसी विश्वासमा संकट उत्पन्न गर्न पनि सक्छ । त्यसैले यसबारे सरकारले तत्काल छानविन गरी वास्तविकता सार्वजनिक गर्न आवश्यक छ ।

निगमले ऋण लिएर आईओसीलाई बुझायो साढे १० अर्ब भारू

नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशन (आईओसी)लाई १० अर्ब ५० करोड भारू (१६ अर्ब ८० करोड) रुपैयाँ बुझाएको छ । घाटामा तेल बेचिरहेको निगमले लामो समयदेखि आईओसीसँग उधारोमा तेल किनिरहेको थियो । जसबापत, आईओसीलाई तिनुपर्ने रकम ३१ अर्ब २० करोड रुपैयाँ पुगेका थियो ।जसमध्ये, १६ अर्ब ८० करोड रुपैयाँ बुझाउन लागिएको निगमका प्रवक्ता विनितमणिि उपाध्यायले रातोपाटीलाई जानकारी दिए । आईओसीलाई बुझाउन लागिएकोमध्ये १० अर्ब रुपैयाँ ऋणबाट सङ्कलन गरिएको हो । नेपाल सरकारले ७ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण, २ अर्ब ७५ कर

डलरको तुलनामा कमजोर बन्दै भारू, चार महिनामै २.२ प्रतिशतले ओरालो

अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ (भारू) निरन्तर कमजोर बन्न थालेको छ । यो वर्ष सन् २०२१ को पछिल्लो चार महिनामा डलरसँग भारू २.२ प्रतिशतले कमजोर बनेको अमेरिकी समाचार संस्था ब्लूमवर्गले उल्लेख गरेको छ । ब्लूमवर्गले सार्वजनिक गरेको रिपोर्टअनुसार अन्य एसियाली मुलुकको मुद्राको तुलनामा डलरसँग भारू धेरै कमजोर बनेको हो ।यो क्रम अझै जारी रहन सक्ने ब्लूमवर्गले उल्लेख गरेको छ । यही विषयमा टिप्पणी गर्दै जवाहरलाल नेहरू विश्वविद्यालयका प्राध्यापक डा.प्रविन झा भारू कमजोर हुनेक्रम विगत ५÷७ वर्ष अगाडि द

तीन दिनमै ८० करोड भारू व्यापार गरेर सूर्यवंशीले राख्यो रेकर्ड

बलिउड फिल्म विश्लेषकहरूले यो फिल्म कोरोना महामारीपछिको पहिलो सुपरहिट साबित हुने अनुमान गरेका छन्। रिलिज भएको कम समयमै यसले 'सिम्बा' को रेकर्डलाई उछिन्ने र २०० करोड भारू कमाउने अनुमान गरिएको छ।

पेट्रोलियम पदार्थको मूल्यः भारतमा अहिलेसम्मकै उच्च, नेपालमा असर देखिँदै

काठमाडौं, असोज १८। छिमेकी देश भारतमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च भएको छ । आइतवार मूल्य समायोजन गर्दै भारतले पेट्रोलमा २५ पैसा भारू र डिजेलमा ३० पैसा भारू वृद्धि गरेको छ । यससँगै दिल्लीमा पेट्रोल १ लिटरको मूल्य १०२.३९ भारू र मुम्बईमा १०८.४३ भारू पुगेको छ । डिजेल पनि आकाशिएको छ । दिल्लीमा डिजेलको मूल्य […]

रूबिनाले जितिन् १४ औं सिजनको बिग बोसको उपाधि, पाइन् ३६ लाख भारू

विजेता घोषणा गर्नुअघि सलमानले सबै प्रतिष्पर्धीलाई १४ लाख भारू लिएर सो छोडेर जान सक्ने विकल्प दिएका थिए।