नेकपा एमालेले पार्टी नेता कार्यकर्तालाई सातै प्रदेश र जिल्लामा प्रशिक्षण सञ्चालन गर्ने भएको छ । आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले प्रशिक्षणका लागि कमाण्डर समेत तोकेको छ । एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले प्रदेश १ का लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मधेस प्रदेशका लागि उपाध्यक्ष सुरेन्द्र पाण्डे, बागमती प्रदेशका लागि विष्णु पौडेल,गण्डकीमा अष्टलक्ष्मी शाक्य, लुम्बिनीमा सुवास चन्द्र नेम्वाङ, कर्णालीमा रामबहादुर थापा र सुदूरपश्चिममा युवराज ज्ञवालीलाई संयोजनको जिम्मेवारी तोक