काठमाडौं। विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले नेपालको अखण्डताका लागि घातक रहेको भन्दै संघीयता खारेज गर्नुपर्ने प्रस्ताव गरेका छन्। मिश्रले बहस र छलफलका लागि भन्दै सार्वजनिक गरेको दस्तावेजमा स्थानीय निकायलाई पुनर्सरचना र सुदृढ गर्न ती कुराहरु आवश्यक रहेको बताए। दस्तावेजमा संघीयतालाई थप भ्रष्टाचार र आर्थिक भारको स्रोत भन्दै संघीयता प्रति जनताको मोहभंग हुँदै गएको उल्लेख गरिएको छ।