काठमाडौँ– विवेकशील साझा पार्टीले अध्यक्ष रवीन्द्र मिश्रले हालै सार्वजनिक गरेको चर्चित प्रतिवेदन पारित गरेपछि सो पार्टीका संयोजक मिलन पाण्डेले पार्टी फुटाएको प्रतिक्रिया दिएका छन् । मिश्रको प्रतिवेदनमा संघीयता खारेज गर्ने र राजतन्त्र तथा हिन्दु धर्मबारे जनमत संग्रह गर्ने उल्लेख छ । पाण्डे समूहले यसको काउन्टरमा अर्को प्रतिवेदन ल्याएको थियो । तर, बिहीबार पार्टीले मिश्रको प्रतिवेदन […]
१७ भदौ, काठमाडौं । विवेकशील साझा पार्टीमा संयुक्त बैठक राख्ने युवा नेताहरुको प्रयास असफल भएको छ । अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज गर्ने र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्ने प्रस्ताव अघि सारेपछि विवेकशील साझा विभाजित छ । विवाद चर्किरहेका बेला अध्यक्ष मिश्र र संयोजक मिलन पाण्डेले छुट्टाछुट्टै बैठक बोलाएका छन् । पार्टी एकता सम्झौतामा अध्यक्ष […]
संघीयता खारेज गर्न र धर्म निरपेक्षताका बारेमा जनमत संग्रह गर्न मिश्रले हालै राखेका प्रस्ताव ओली निकट नेताहरूले राख्दै आएका विचारसँग निकट छ। यी विचारपूर्वक आएका प्रस्ताव हुन् भन्ने आमबुझाइ छ।...
काठमाडौँ – विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले मुलुकको सार्वभौमसत्ता, स्वाधीनता, अखण्डता, राष्ट्रियतामाथि गम्भीर धक्का लाग्न थालेपछि आफूले संघीयता खारेज र धर्मनिरपेक्षतामाथि जनमतसंग्रह हुनुपर्ने प्रस्ताव अघि सारेको दाबी गरेका छन्। उनले विगत चार वर्षयता नयाँ व्यवस्था या परिवर्तनका नाममा भएका विकृति, बेथिति र भ्रष्टाचारका कारण आफू चुप लाग्न नसकेको र गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतावादीसँग जुध्न […]
काठमाडौं।लेखक तथा नागरिक समाजका अगुवा खगेन्द्र संग्रौलाले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्न सुझाव दिएका छन्। सामाजिक सञ्जालमा संग्रौलाले लेखेका छन्,'मिश्रलाई संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह चाहिएछ।कुराको चुरो यही हो भने यी नवमण्डलेले खुरुक्क कमल थापाको राजावादी राप्रपामा प्रवेश गरे हुन्छ।' मिश्रले हिजो संघीयता खारेज र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने प्रस्ताव अगाडि सारेका थिए।
११ साउन, काठमाडौं । पार्टी अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने प्रस्ताव अघि सारेपछि विवेकशील साझा पार्टीमा असन्तुष्टि देखिएको छ । विशेषतः विवकेशील नेपाली दलबाट आएका नेताहरुले मिश्रको प्रस्तावमा आपत्ति जनाएका छन् । पार्टीमा छलफल नै नगरी दस्तावेज सार्वजनिक गरेको र घुमाउरो भाषामा राजतन्त्रको पक्षमा वकालत गरेको उनीहरुको आरोप छ । …
काठमाडौँ- विवेकशील साझा पार्टीक संयोजक मिलन पाण्डेले रविन्द्र मिश्रले जारी गरेको 'संघीयता खारेज र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने' प्रस्ताव नितान्त व्यक्तिगत विचार रहेको बताएका छन् । 'पार्टीको घोषणापत्र, प्रस्तावित विधान अनुसार विवेकशील साझा पार्टी सामाजिक न्याय, समावेशीता र गणतन्त्रको जगमा बनिरहेको प्रोग्रेसिभ …
काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयता खारेज हुनुपर्ने बताएका छन् । साेमबार एक दस्तावेज सार्वजनिक गर्दै मिश्रले स्थानीय निकायलाई सुदृढ बनाउनुपर्ने र संघीयता खारेज गर्नुपर्ने बताएका हुन् ।
“स्थानीय निकायलाई पुनर्संरचना गरेर सुद्दढ गर्नु जरुरी छ । त्यससँगै संघीयता खारेजीमा जानुपर्छु । संघीयता थप भ्रष्टाचार र आर्थिक भारको...
न्युज अफ नेपाल, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन् । बहस र छलफलका लागि भनेर सार्वजनिक गरिएको दस्तावेजमा उनले संघीयताले थप भ्रष्टाचार मौलाएको र धर्मनिरपेक्षताको सन्दर्भमा जनमत संग्रह गर्नुपर्ने धारणा राखेका छन् । दस्तावेजमा भनिएको छ, ‘धर्मनिरपेक्षताबारे जनमत संग्रह र स्थानीय निकायलाई […]