काठमाडौँ। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वप्रधानमन्त्रीहरू सबै लर्को लागेर अब पनि संसदमा गइरहनुको औचित्य नभएको बताएका छन्। शुक्रबार काठमाडौँ– ७ मा भएको कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सो कुरा बताएका हुन्।