पोखराका कांग्रेस नेतालाई देउवाको आग्रह : ‘गठबन्धन गर्नुपर्ने बाध्यता छ, बुझिदिनुस्’

प्रधानमन्त्री शेरबहादुर देउवाले कास्कीका नेताहरूलाई काठमाडौं बोलाएर पोखरा महानगरपालिकामा मेयरको दाबी छाडेर गठबन्धनकालागि सहयोग गर्न आग्रह गरेका छन् । सत्ता गठबन्धनमा स्थानीय चुनावमा तालमेल गर्ने तयारी छ । पाँच दलका शीर्ष नेताहरू महानगर र उपमहानगरका प्रमुख र उपप्रमुखको सिट बाँडफाँट गर्न निरन्तर छलफलमा छन् ।