विद्युत् महसुलको भ्याट हटाउन ‘सैद्धान्तिक सहमति’ भएको छैन : अर्थमन्त्रीको सचिवालय

विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर हटाउने विषयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग छलफल गरी ‘सैद्धान्तिक सहमति’ भएको भन्ने प्रचारलाई अर्थमन्त्रीको सचिवालयले खण्डन गरेको छ। अर्थमन्त्रीका प्रमुख स्वकीय सचिव नवीन ढुंगानाले विद्युत् महसुलको भ्याट छुट फिर्ता गर्ने विषयमा अर्थमन्त्रीको नाम जोडेर भइरहेको प्रचारप्रति ध्यानाकर्षण भएको जनाउँदै आइतबार साँझ वा गएको साता यस विषयमा कुनै भेटघाट तथा […]