लमजुङका अलैंची किसान अलैंची टिप्न ब्यस्त छन् । पढ्न र बालबच्चा पढाउन शहर झरेकाहरु अलैंची टिप्न सुरु भए सगै गाउँ फर्कीएका छन् । जिल्लाको सात सय मिटरदेखि १२ सय मिटर उचाइमा लगाइएको अलैँची टिप्न सुरु गरिएको हो।यतिबेला जिल्लाको बाहुनडाँडा, ताराचोक शेरा, कुप्लिङ र दुराडाँडालगायतका ठाउँमा अलैंची टिप्ने व्यस्तता छ। जिल्लामा लगाइएको डम्बरशाही, जिर्मले र साउने जातको अलैंची टिप्न सुरु गरिएको नेपाल अलैंची व्यावसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अजय तामाङले बताए। भुलभुले, लुदी, छिनखोल