लमजुङका विभिन्न गाउँमा अलैंची टिप्न सुरु भएको छ। अलैंची पाकेपछि किसानहरु टिप्न, छोडाउन र सुकाउन व्यस्त छन्। जिल्लाको सात सय मिटरदेखि १२ सय मिटर उचाइमा लगाइएको अलंैची टिप्न सुरु गरिएको...
जिल्लामा यस वर्ष १ अर्ब ५ करोड बढीको अलैंची उत्पादन भएको छ । जिल्लाको १ हजार ६५ हेक्टरमा ६ सय १.६४ मेट्रिक टन उत्पादन हुँदा १ अर्ब ५ करोड २८ लाख ७० हजार रुपैयाँ बराबरको अलैंची उत्पादन भएको हो ।
मसलाजन्य वस्तु अलैंचीको विश्व बजारमा ठूलो माग भए पनि नेपालले त्यसबाट फाइदा उठाउन सकेको छैन । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र फेडेरेसन अफ नेपाल एक्सपोट्र्स एसोसिएसनले गरेको एक अनुसन्धानले अलैंचीको विश्व बजार १ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको देखाएको छ । विश्वमा सबैभन्दा धेरै अलैंची उत्पादन नेपालमै हुन्छ । तर, विश्व बजार भने […]
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र फेडेरेसन अफ नेपाल एक्स्पोटर्स एसोसियसनले गरेको एक अनुसन्धानले ४० अर्बको अलैंची निर्यात गर्न सकिने सम्भावना देखाएको छ । काठमाडौं– मसलाजन्य वस्तु अलैंचीको विश्व बजारमा ठूलो माग भए पनि नेपालले त्यसबाट फाइदा उठाउन नसकेको देखिएको छ । अलैंची उत्पादन विश्वमा सबैभन्दा धेरै नेपालमा हुन्छ । तर, विश्वको बजार भने […]
नेपालमा यस वर्ष अलैंची उत्पादन झन्डै आधाले घट्ने देखिएको छ । अलैंची व्यवसायी महासंघले गरेको प्रारम्भिक सर्भेक्षणअनुसार उत्पादन ४० प्रतिशत घट्ने देखिएको हो । खडेरी र रोगकिराका कारण उत्पादन ४० प्रतिशत निश्चित घट्ने र ५० प्रतिशतसम्म पुग्ने महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईको दाबी छ ।
लमजुङमा व्यावसायिक अलैंची उत्पादनमा वृद्धि भए पनि मूल्यमा आएको गिरावटले कृषकहरू निराश भएका छन् । प्रत्येक वर्ष अलैंचीको मूल्यमा आएको गिरावटले कृषकहरूमा निराशा छाएको हो । जिल्लाको उत्तरी भेगमा अलैंचीको राम्रो सम्भावनासँगै उत्पादन पनि व्यापक हुन थालेपछि विदेसिएका युवा पनि गाउँमै व्यावसायिक अलैंची उत्पादन गर्दै आएका थिए । तर पछिल्ला वर्षमा अलैंचीको मूल्यमा आएको गिरावटले […]
खोटाङमा यो वर्ष अलैंची उत्पादन घटेको छ । अघिल्लो वर्ष ७८७.३६ मेट्रिकटन अलैंची उत्पादन भएको जिल्लामा यो वर्ष १९८.५२ ले घटेर ५८८.८४ मेट्रिकटन मात्र उत्पादन भएको हो ।यो वर्ष जिल्लामा २५.२१ प्रतिशतले अलैंची उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले जानकारी दिए । अलैंचीको फूल खेल्ने समयमा लगातार वर्षासँगै असिना पानी […]
खोटाङ । खोटाङमा अलैंची उत्पादनमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्षमा २४५ मेट्रिक टन अलैंचीको उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र खोटाङले बताएको छ ।
केन्द्रका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ५४२ मेट्रिक टन अलैंची उत्पादन भएकोमा गत आर्थिक वर्षमा ७८७ मेट्रिक टन उत्पादन भएको हो । उत्पादनमा वृद्धि भए पनि यसले उचित मूल्य पाउन सकेको छैन । महत्त्वपूर्ण नगदेबालीको रूपमा रहेको अलैंची खेतीप्रति उत्साहित किसान उचित मूल्य नपाउँदा भने निराश देखिएका छन् ।
कुनै समयमा राम्रो मूल्यमा विक्री हुने गरेको कारण अलैंची खेतीमा हौसिएर जिल्लाका किसानले अलैंची उत्पादन वृद्धि गर्न थाले पनि अहिले भने जस्तो उचित मूल्य पाउन नसक्दा अलैंची उत्पादक किसान निराश बन्न थालेका हुन् । विगतका वर्षमा तीन हजारदेखि तीन हजार ५०० प्रतिकिलो मूल्यमा विक्री हुने गरेको अलैंची अहिले ८७५ देखि एक हजार रुपैयाँसम्ममा मात्र विक्री हुने गरेको किसानको भनाइ छ ।
मौसम अनुकूल र रोगको प्रकोप कम भएकाले यो वर्ष जिल्लामा अलैंचीको उत्पादन बढेको केन्द्रका सूचना अधिकारी एवं कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताए । जिल्लामा अलैंची खेतीका लागि उपयुक्त १४ हजार दुई हेक्टर क्षेत्रफलमध्ये यो वर्ष १० हजार ६४ हेक्टर जग्गामा लगाइएको थियो । खेर गएको भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा उत्पादन हुने अलैंची विक्रीवाट जिल्लामा वार्षिक तीन करोडभन्दा बढी रकम भित्रिने गरेको छ ।
यहाँ उत्पादित अधिकांश अलैंची निकासी भइसकेको छ भने कतिपय निकासीको चरणमा छ । कतिपय किसान अलैंचीको बजारभाउ बढ्ने र त्यही मौकामा विक्री गर्ने योजनामा पनि छन् । अलैंची खरिद गर्न ठेकेदारले ट्र्याक्टर लिएर किसानका घर–घरमा पुग्ने गरेका छन् । केही वर्षयता अलैंचीको भाउ निरन्तर ओरालो लागे पनि यसको व्यावसायिक खेतीप्रति किसानको आकर्षण भने घटेको छैन । केही रोपनी जग्गाबाट अलैंची खेती शुरू गरेका किसानले वर्षेनि अलैंची खेतीको क्षेत्र विस्तार गरिरहेका छन् । रासस
देशमै सबैभन्दा बढी अलैंची उत्पादन हुने जिल्लाको परिचय बनाएको ताप्लेजुङसहित पूर्वीपहाडका लेकाली भेगमा अलैची टिप्ने र थन्क्याउने चटारो छ । बेसी क्षेत्रबाट भदौ पहिलो सातादेखि टिप्न सुरु भएको अलैची लेकाली भेगमा मंसिर पहिलो हप्तासम्म टिप्ने र थन्क्याउने चटारो हुन्छ ।केटाकेटीदेखि वृद्धसम्मलाई अलैंची सिजनले व्यस्त बनाएको छ । नेपालीहरूको ठूलो पर्व दसंै तिहार र अलैंची पाक्ने […]
लमजुङमा अघिल्लो वर्षको तुलनामा अलैंची उत्पादन घट्ने भएको छ । अलैंचीका लागि मौसम अनुकुल नहुँदा यस वर्ष भारी मात्रामा उत्पादन घट्ने भएको हो ।गत पुस यता राम्रोसँग झरी नपरेका कारण उत्पादन घट्ने अनुमान गरिएको अलैंची व्यवसायी महासंघ लमजुङका अध्यक्ष अजय तामाङले बताए । पुसदेखि चैत महिनासम्म लामो समय परेको खडेरीका कारण अलैंची राम्रोसँग फल लाग्न […]
पर्वतका कृषकहरुले बाँझो जमिनमा अलैंची खेती गर्न सुरु गरेका छन् । यस वर्ष पर्वतमा २० मेट्रिक टन अलैंची उत्पादन भएको छ । जिल्लाका विभिन्न वडाका कृषकहरुले लगाएको अलैंची खेतीबाट उत्पादन बढ्दै गएपनि बजार अभावका कारण सोचे अनुसार लाभ भने लिन सकिरहेका छैनन् ।