चोरी मुद्दामा १२ दिन कैद सजाय तोकिएका अभियुक्तलाई प्रहरीले उदयपुरबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले त्रियुगा नगरपालिका–८ घर भएका बिजय चौधरीलाई पक्राउ गरेको हो । जिल्ला अदालतले ३५ वर्षीय बिजयलाई २०६३ कार्तिक १३ मा १२ दिन कैद र ७ सय ५० रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो । सोमबार पक्राउ परेका बिजयलाई अदालतमा उपस्थित गराइएको जिप्रका उदयपुरका प्रवक्ता (डिएसपी) वेद प्रसाद गौतमले रातोपाटीलाई बताए ।